arrow

सातै प्रदेशमा ‘कोभिड–१९ को अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया, देउवा र पौडेल सहभागी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
nepali-congress-flag-tree.jpg

काठमाडौं । नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिको आयोजनामा ‘कोभिड–१९ को अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा सातै प्रदेशलाई संलग्न गरी जुममार्फत छलफल भइरहेको छ । 

कांग्रेसले जेठ २ देखि ४ गतेसम्म सातै प्रदेशमा यो कार्यक्रम संचालन गर्दैछ । पहिलो दिन जेठ २ गते बिहान १० बजेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशभित्रका जिल्लाहरुको सहभागीतामा कार्यक्रम संचालन गरेको छ भने सोही दिन अपरान्ह ४ बजेदेखि लुम्बिनी प्रदेश भित्रका जिल्लाहरुको सहभागीता रहने छ । 

त्यस्तै जेठ ३ गते बिहान १० बजेदेखि गण्डकी प्रदेश भित्रका जिल्लाहरुको सहभागीता रहने छ । सोही दिन अपरान्ह ४ बजेदेखि बागमती प्रदेश भित्रका जिल्लाहरुको सहभागीता रहने छ ।

त्यस्तै जेठ ४ गते बिहान १० बजे प्रदेश २ भित्रका जिल्लाहरुको र अपरान्ह ४ बजेदेखि प्रदेश १ का जिल्लाहरुको सहभागीता रहने भएको छ । सम्बन्धित सहभागीहरुलाई लिङ्क, मिटिङ्ग आइडी र पासकोर्ड पठाइ सकिएको कांग्रेसले जनाएको छ । 

उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदहरु, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति, गाउँ–नगरपालिका कार्यसमितिका सभापतिहरु तथा नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरु र नेपाली कांग्रेस कोभिड–१९ जिल्ला अनुगमन समितिका संयोजकको समेत सहभागीता रहने छ । 

उक्त कार्यक्रमको प्रमुख अतिथि कांग्रेस सभापति शेरबहादुर देउवा रहने छन् । विशिष्ट अतिथिका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य नेताहरु सहभागी हुनेछन् ।  साथै सबै प्रदेशको संयोजन कांग्रेसका सहमहामन्त्री तथा नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ