arrow

पाकिस्तानद्वारा भारत विरोधी तत्त्वको रूपमा तालीबान समूहको परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
terrorist.jpg
फाइल तस्बिर

काबुल। पाकिस्तानले तालीबान लडाकु समूहलाई अफगानिस्तानमा भारत विरोधी तत्त्वको रूपमा लिँदै सो समूहलाई लगानी गर्दै आएको अमेरिकी संसद्मा पेस भएको एक रिर्पोटमा उल्लेख छ।

भारतको रणनीतिक घेराबन्दीको त्रासमा रहेको पाकिस्तानले अफगानिस्तानमा तालीबान लडाकु समूहलाई भारत विरोधी तत्त्वको रूपमा लिँदै आएको अमेरिकी संसद्को रिपोर्टमा प्रस्तुत गरिएको छ।

भारतको रणनीतिक घेराबन्दीको त्रासमा रहेको पाकिस्तानको सुरक्षा संयन्त्रले अफगानिस्तानमा तालीबान समूहलाई सहयोग जारी राखेको पनि रिपोर्टमा उल्लेख छ।

पाकिस्तानले अफगानिस्तानको मामिलामा दशकौँदेखि सक्रिय र नकारात्मक भूमिका खेल्दै आएको पनि रिपोर्टमा बताइएको छ। पाकिस्तानको सुरक्षा संयन्त्रले तालीबान र मुख्य गरी विद्रोही समूह हक्कानी नेटवर्कसँग निकट सम्बन्ध राख्दै आएको रिपोर्टमा उल्लेख छ।

पाकिस्तानी नेतृत्वले अस्वीकार गर्दै आए पनि अफगानिस्तान अस्थिर र कमजोर हुँदा पाकिस्तानलाई फाइदा पुग्ने गरेको रिपोर्टमा उल्लेख छ।

त्यस्तै, अमेरिकी सहायताले अफगान सरकारलाई समर्थन हुने साथै अमेरिकी सहायता रोकियो भने अफगान सरकार ढल्ने तथा तालिबान शासन औपचारिक रूपमा देश भरी पुनः स्थापित हुनसक्ने समाचारपत्र डेली आउट लुक अफगानिस्तानले जनाएको छ।

सन् २००१ यताकै बलियो सैन्य अवस्थामा हाल तालीबान समूह रहेको जनाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ