arrow

पाकिस्तानमा गहुँ अभाव, तीन साताका लागि मात्रै बाँकी

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख २९ बुधबार
wheat-crops.jpg
फाइल तस्बिर

इस्लामवाद। कोरोना महामारीसँगै उत्पादन र आयातमा गिरावट आएपछि पाकिस्तानमा खाद्य सामग्री अभाव हुन थालेको छ। पाकिस्तानका वित्त मन्त्री सउकट तारिनले कूल उपभोग्य वस्तुको भण्डारण रित्तिँदै गइरहेको र अब केही साताका लागि मात्रै बाँकी भएको जानकारी गराएका छन्।

तारिनले तत्काल ६ मिलियन मेट्रिक टन गहुँ भण्डारण गरिनुपर्नेसमेत बताएका हुन्। भण्डारणमा भएको गहुँ अब तीन साताका लागि मात्रै पुग्नेसमेत वित्त मन्त्री तारिनले जानकारी गराएका हुन्।

राष्ट्रिय मूल्य निगरानी समिति (एनपीएमसी) को बैठकमा तारिनले देशभर ६४७,६८७ मेट्रिक टन गहुँ बाँकी रहेको र अहिलेको उपभोग भइरहेको गति हेर्दा यो बाँकी रहेको गहुँ आगामी दुई अथवा साढे दुई सातासम्मलाई  मात्रै पुग्ने जानकारी गराएका छन्।

मेको पहिलो सातासम्म ३८४,००० मेट्रिक टन गहुँ बाँकी रहनेसमेत उनले गत सोमबार जानकारी गराएका थिए। सबैभन्दा कम पन्जाबमा बाँकी रहेको छ। उनका अनुसार पन्जाबमा ४० हजार, सिन्धुमा ५७ हजार, खैबरपख्तुनख्वामा ५८ हजार मेट्रिक टन गहुँ भण्डारणमा बाँकी रहेको छ। त्यसैसरि पीएएसएससीओमा १४० हजार मेट्रिक टन गहुँ बाँकी रहेको एनपीएमसीले जनाएका छन्।

वित्त मन्त्रीले अत्यावश्यक वस्तुको भण्डारण क्षमता बढाउनुपर्ने र प्रान्त सरकार र विभागहरूलाई पनि अनुमानित भण्डारणको जानकारी गराउन निर्देशन दिनुपर्ने बताएका हुन्।

यस वर्ष पाकिस्तानभर २६ मिलियन मेट्रिक टन गहुँ मात्रै उत्पादन भएको छ। जुन गत वर्षका तुलनामा तीन मिलियन मेट्रिक टन कम हो। यस वर्ष उपभोगको मात्रामा पनि वृद्धि भएका कारण अभाव सिर्जना भएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ