arrow

मङ्गलवार एयर लिफ्ट मार्फत दुई संक्रमितलाई ल्याइयो बिएन्डसी

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
b&c-airlift.jpg

झापा । पछिल्लो समय झापा जिल्लाको बिर्तामोड स्थित बिएन्डसी अस्पतालमा देशका विभिन्न स्थानहरुबाट दैनिक जसो कोरोना संक्रमित हरू एयर लिफ्ट मार्फत बेड सिफ्ट हुन थालेका छन् ।

देशका विभिन्न अस्पतालबाट मङ्गलवार सहित १० जना कोरोना संक्रमितहरूलाई हेलिकप्टर मार्फत थप उपचारका लागि झापाको बिएन्डसी अस्पताल भर्ना गरिएको छ ।

मङ्गलवार मङ्गलवार अल्टिचुड एयरको हेलिकप्टरले नेपालगन्जका ६१ वर्षीय प्रेमकुमार सोनी र ओखलढुङ्गाका ५५ वर्षीय नरनाथ फुयाँललाई बिएन्डसी ल्याएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिएका छन् ।

सोमवार पनि ३ जना कोरोना संक्रमित हरूलाई बिएन्डसी ल्याइएको थियो । भेन्टिलेटर सहित सघन उपचार कक्ष (आइसियु) तथा अक्सिजनको अभाव भएपछि काठमाडौँका दुई र काभ्रेपलान्चोकका एक संक्रमितलाई एयर लिफ्ट मार्फत बेड सिफ्ट गरी बिर्तामोड ल्याइएको थियो ।

गिरीका अनुसार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत सोलुखुम्बुका ५० वर्षीय सार्की शेर्पा, मनमोहन मेमो रियल अस्पतालबाट दोलखाका ५५ वर्षीय चन्द्रबहादुर लाखे र काभ्रेका ३६ वर्षीय सुशीला योगी हवाई बेड सिफ्ट गरी उपचारार्थ बिएन्डसी भर्ना गरिएको छ ।

यसअघि काठमाडौँ सहित दाङ जिल्ला र पर्सा जिल्लाको वीरगन्ज लगायतका ठाउँबाट ल्याइएका जटिल अवस्थाका संक्रमितको बिएन्डसीका उपचार भइरहेको छ । 

उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी तथा अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारका प्रयोगशाला भएको दाबी गरिएको सो अस्पताल देशभरकै अब्बल दाबी गरिएको छ ।

अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटर सहित आइसियु शय्या अलग्गै स्थापना गरिएको छ ।

अस्पतालले कोभिड १९ का बिरामीलाई उपचार गर्न आइतबार देखि २०० शय्या सञ्चालनमा ल्याएको छ । साथै अस्पतालमा हालसम्म उपचारका लागि आवश्यक पर्ने अक्सिजनको अभाव नरहेको गिरीले बताएका छन् ।

६५ वटा भेन्टिलेटर सहितको सघन उपचार कक्ष मध्ये गम्भीर संक्रमितका लागि ५० बेड छुटाइएको छ । अस्पतालमा ६०जना चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक डा. राजु श्रेष्ठ, फिजिसियन चिकित्सक द्वय डा. लक्ष्मण ठाकुर र डा.करुण पोखरेल तथा अर्थोपेडिक सर्जन डा. इन्साक खान लगायतले सेवा प्रदान गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ