arrow

पाकिस्तानमा प्रत्यक्ष वैदेशिक लगानी खुम्चिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
pakistans.jpeg
तस्बिर : फाइल

इस्लामवाद। पर्याप्त डुइङ बिजनेस गरिरहेको दाबी गर्ने पाकिस्तानको सत्ताधारी पीटीआईले विदेशी लगानीकर्तालाई मुलुकमा आकर्षण गर्न भने असफल भएको छ। विगतका सरकारहरूजस्तो मुलुकमा प्रत्यक्ष लगानी भित्र्याउन प्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी असफल भएको हो।

एसबीपीको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जुलाई/मार्चको अवधिमा प्रत्यक्ष लगानी (एफडीआई) १.३९५ बिलियन डलरमा झरेको छ। गत वर्षको यही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी २.१५ बिलियन डलर रहेको थियो। यसले विदेशी लगानीमा ३५.१ प्रतिशतले गिरावट आएको देखाउँछ।

मार्च २०२० को तुलनामा मार्च २०२१ मा वैदेशिक लगानीमा ४० प्रतिशतले गिरावट आएको छ। कोरोना महामारीका कारण जारी गरिएको लकडाउनले गर्दा सङ्कटमा परेको अर्थतन्त्रमा वैदेशिक लगानीमा पनि गिरावट आउँदा ठुलो सङ्कट सिर्जना भएको अर्थशास्त्रीहरूले बताएका छन्।

अहिले कोरोना महामारीले प्रभावित पारेको भए पनि पाकिस्तान कहिल्यै पनि विदेशी लगानीकर्ताहरूको लागि उपयुक्त गन्तव्य हुन नसकेको लगानीकर्ताहरूले बताएका छन्। देशमा राजनीतिक स्थिरता र सुरक्षाको कमीका साथै प्रतिकूल व्यापार वातावरणसहित करको प्रोत्साहन, उच्च ऊर्जा र ग्यास शुल्क, व्यापारमा कम वृद्धि सम्भावना, जीर्ण यातायात पूर्वाधार लगायतका कारण पाकिस्तानमा प्रत्यक्ष वैदेशिक लगानीको वातावरण कम रहेको मानिन्छ।

पाकिस्तानमा प्रत्यक्ष विदेशी लगानीको मात्रा एकदम कम छ। २००७ र २००८ मा पाकिस्तानमा वैदेशिक लगानी ऐतिहासिक रुपमा उकालो लागेको थियो। सन् २००७ मा वैदेशिक लगानी ५.९९ बिलियन पुगेको थियो भने सन २००८ मा ५.४४ बिलियन पुगेको थियो।

यसबाहेक, सीपीईसी सम्बन्धित परियोजनाहरूको लागी चीनबाट लगानी प्रवाहमा पनि कमी आएको छ। एक अध्ययनका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा चीनबाट प्रवाह हुने लगानी ८५९.३ मिलियन रहेको छ। जुन कुल वैदेशिक लगानीको ४६ प्रतिशत हो। यद्यपि सरकारका लागि चिन्ताको कारण के हुनुपर्दछ कि ती वृद्धिहरू पनि निरन्तर घटिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ