arrow

जुन संसदमाथि यहाँको विश्वास छैन तपाइँलाई कसरी मत दिने ?: उपेन्द्र यादव 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
Upendra yadav.jpg

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफैंले विघटन गरेको संसदले तपाइलाई कसरी विश्वासको मत दिने भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् ।

यादवले संघीयता र लोकतन्त्रलाई नै धरापमा काम भइरहेकाले त्यसैका लागि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने ? भन्दै प्रधानमन्त्री ओलीको तिव्र आलोचना गरे ।

‘संघीयतालाई संस्थागत गर्नुको साटो उखेलेर फाल्ने चेष्टा गर्नुभयो, संघीयता र लोकतन्त्रलाई नै धरापमा काम भइरहेकाले त्यसैका लागि तपाइलाई विश्वासको मत दिने ?’ यादवले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने । यादवले मधेशवादीलाई प्रधानमन्त्रीबाट फकाउने काम भइरहेको भन्दै त्यसमा अब कुनै पनि मधशी फस्न नहुनेमा समेत जोड दिए ।

यसैगरी अध्यादेशबाट देश चलाउन खोजिरहेका कारणसमेत प्रधानमन्त्रीलाई मत दिन नसकिने जिकिर गरे । हतार हतार विकस आयोजनामा उद्घाटन गर्ने काम प्रधानमन्त्रीबाट भइरहेको भन्दै बिना यषेजना बिना बजेट विकासका नाममा शिलान्यास गर्दै प्रधानमन्त्री ओली हिडिरहेको यादवले आरोप लगाए ।

नागरिकता संसोधन विधेयक प्रधानमन्त्रीले अड्काएर राखेको भन्दै त्यसलाई प्रधानमन्त्रीले मधेशको समस्याका रुपमा मात्रै लिएकोले विश्वास गर्ने आधार नबनेको बताए ।

उनले देशमा कोरोना भयावह  हुनुमा प्रधानमन्त्री नै जिम्मेवार रहेको भनेका छन् । प्रधानमन्त्री कोरोना नियन्त्रणमा लाग्नु भन्दा अयोध्यामा उत्सव मनाउन र नागरिकलाई भिड गर्नमा केन्द्रित हुँदा र उद्घाटनमा केन्द्रित हुँदा जनताको स्वास्थ्यमाथि खेलवाड भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ