arrow

कोरोना संक्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
novel-hospital.jpg

मोरङ । कोरोना संक्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आइतवार बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका-४ की ५४ वर्षीया संक्रमित महिलाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालको कोभिड सेन्टरमा उपचारका क्रममा आइतवार मृत्यु भएको छ । मृतकलाई कोभिड पुष्टि भएपछि यही वैशाख २४ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका इन्जार्च सुनिल देवले बताए ।

धरान उपमहमनगरपालिका -१७ बस्ने  ६६ वर्षीय संक्रमित पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आइतवार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यसैगरी विराटनगर-१ त्रिवेणी चोक बस्ने ७६ वर्षीय संक्रमित पुरुषको उपचारमा सोही अस्पतालमा आइतवार बिहान मृत्यु भएको छ ।

यस्तै सिरहाको कल्याणपुर-४ का ३८ वर्षीया संक्रमित महिलाको सोही अस्पतालमा उपचारका क्रममा आइतवार बिहान मृत्यु भएको छ । मृतकलाई यही वैशाख २५ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले बताए ।

मेची नगरपालिका-६ झापाका ६० वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा शनिबार राति मृत्यु भएको छ । निजलाई उपचारका लागि यही वैशाख २३ अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै मोरङको उर्लाबारी नगरपालिका-६ की ३९ वर्षीया संक्रमित महिलाको उपचारका क्रममा सोही अस्पतालमा शनिबार राति मृत्यु भएको छ । सप्तरीको बोदेवरसाइन नगरपालिका-१० बस्ने ३२ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा सोही अस्पतालमा शनिबार बेलुकी मृत्यु भएको छ ।

मृतकलाई यही वैशाख २२ गते उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको प्रबन्धक दाहालले बताए । यस्तै धनुषाका ७७ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको  छ । निजलाई यही वैशाख १७ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले जानकारी दिए ।

सोही अस्पतालमा सप्तरीका ५३ वर्षीय एक पुरुषको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएका छ । मृतकलाई यही वैशाख २४ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ