arrow

संक्रमितलाई एयर लिफ्ट गरी किन ल्याइदैछ धमाधम बिर्तामोडको बिएन्डसीमा ?

दाङ र पर्साबाट थप संक्रमितलाई बिएन्डसी ल्याइयो

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
bmc-helicopter.jpg

झापा । देशका विभिन्न स्थानबाट कोभिड १९ का दुई जटिल बिरामीलाई  झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा थप उपचारका लागि हेलिकप्टर मार्फत एयर लिफ्ट गरी ल्याइएको छ  ।

भेन्टिलेटरसहित आइसियुको चरम अभाव भएपछि दाङ र पर्साका संक्रमितलाई एयर लिफ्ट गरी बिएन्डसी अस्पतालमा ल्याइएको अस्पताल श्रोतले जनाएको छ । 

साथै काठमाडौँको एक निजी अस्पतालमा उपचाररत अर्का एक संक्रमितलाई पनि बिएन्डसी ल्याउने तयारी भइरहेको बताइएको छ । 

 भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी तथा अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारको प्रयोगशाला भएकोले अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न विगत केही दिन देखि ल्याउन थालिएको हो । सो अस्पतालमा अत्याधुनिक भेन्टिलेटर सहित अलग्गै आइसियु छ । 

बिएन्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटरसहित आइसियु बेड छन् ती मध्ये २५ वटा भेन्टिलेटर सहित आइसियु बेड कोभिडका बिरामीलाई छुटाइएको र बिरामीको आवश्यकता अनुसार बेड थप गर्दै जाने बताइएको छ । 

अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिएको जानकारी अनुसार दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत नौ दिनदेखि उपचाररत ४५ वर्षीय पेमा योगी र वीरगन्जस्थित अली अस्पतालमा उपचाररत २९ वर्षीय हरि पौड्याललाई एयर लिफ्ट गरी  बिर्तामोड स्थित बिएन्डसी अस्पतालमा ल्याइएको हो ।

सोही अस्पतालमा यही वैशाख १५ र २० गते काठमाडौँस्थित ह्याम्स र मनमोहन अस्पतालमा उपचारार्थ दुई संक्रमितलाई थप उपचारार्थ एयर लिफ्ट मार्फत बेड सिफ्ट गरिएको थियो । ती बिरामीका आफन्तले भेन्टिलेटर सहितको आइसियु शय्या नपाएपछि बिएन्डसी लगेका थिए ।

 बिएन्डसी अस्पतालका जनसम्पर्क अधिकृत गिरीका अनुसार भेन्टिलेटर सहित आइसियुका लागि देशभरबाट बिएन्डसीमा सम्पर्क गर्ने क्रम बढ्दो  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ