arrow

कोरोनाबाट झापामा सुत्केरीसहित दुई महिलाको मृत्यु 

logo
युबराज रेग्मी, 
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
corona-killed-final.jpg

झापा । कोरोना भाइरसको महामारीबाट झापामा एक सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिकामा एक जना कोरोना संक्रमितको महिलाको मृत्यु भएको हो । 

दमककी ३१ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ । उनी सुत्केरी रहेकी थिइन्् । कोभिड अस्पताल विराटनगरमा उपचारत रहेको अवस्थामा  शुक्रबार बिहान उनको मृत्यु भएको हो  ।

पछिल्लो समयमा झापाको दमक नगरमा कोरोना संक्रमणदर तीव्र रुपमा बढ्दै गएको छ । बिहीबार दमकनगरमा ६४ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै १ जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

त्यसैगरी झापाको गौरादह नगरपालिका वडा नं ४ खाङटामा एक संक्रमितको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा न  ४ खाङटाकी महिला संक्रमितको दमकको एडभान्स अस्पतालमा उपचारको क्रममा मृत्युु भएको हो ।
 
बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको हो । उनका परिवारका अन्य  ४ जनामा समेत संक्रमण देखिएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ