arrow

‘गुण्डा नाइके’ राईको नाममा डेढ वर्षमा ३ ज्यानमार्ने र ४ सार्वजनिक अपराध

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
nepal police.png.png
काठमाडौं । पक्रिन गएको प्रहरीलाई नै आक्रमण गर्न खोज्ने ‘गुण्डा नाइके’ जसवन्त राईलाई प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको छ । २१ वर्षीय राईलाई स्थानीय व्यापारी र नागरिकमाथि ज्यादती गरेको भन्दै पक्राउ गर्न खोज्दै उल्टै प्रहरीमाथि आक्रमण गर्न खोजेपछि खुट्टामा गोली हानिएको महानगरीय अपराध महाशाखा प्रमुख एवं बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले हाम्राकुरालाई जानकारी दिए । 
 
राईले कालीमाटी, कलंकी, फाफल लगायता स्थानमा होटल, पसल संचालकहरुलाई पैंसा माग्ने, उधारो माग्ने, पैंसा नतिर्ने र पैंसा मागे ज्यानमार्ने धम्की दिन तथा कुटपीट गर्ने लगायतका ज्यादती गरेर सताउने गरेको गुनासो आएपछि पक्राउ अभियान चलाएको खनालले बताए । 
 
राई बाफलका बासीन्दा हुन्, खनाले भने, ‘विभिन्न क्षेत्रमा होटलमा केटी ल्याउने, राति सुत्ने विहान पैंसा मागे ज्यानमार्ने धम्की दिने र कुटपीट गर्ने गरेको गुनासो थुप्रै आएको छ । स्थानीयलाई हैरानी दिइरहेको थियो ।’ विहिबार दिउँसो बिजुली वजारमा पक्रिन खोज्दा प्रहरीमाथि नै रड हानेपछि उनलाई घुँडाभन्दा मुनिको भागमा गोली हानिएको हो । खुट्टामा दुई वटा गोली लागेको उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
 
गुरुङले डेढ वर्षको अवधिमा थुप्रै अपराध गरेको र त्यसअघिको विवरण अझै खोजिरहेको एसएसपी खनालले जानकारी दिए । राईविरुद्ध ३ वटा ज्यानमार्ने उद्योग र ४–५ वटा सार्वजनिक अपराधको मुद्दा छन्, खनालले थपे, ‘यो डेढ वर्षको अवधिको मोटामोटी घटनाक्रमको विवरण हो ।’ राई सार्वजनिक अपराधमा प्रहरीको फरार सूचीमा रहेका थिए । उनले आफुलाई पूर्ण गुरुङको नामले समेत चिनाउँदै आएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ