arrow

अफगानिस्तान आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु (अपडेट)

logo
प्रकाशित २०७३ असार ६ सोमबार
Afganistan_Attack.jpg.jpeg
एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यो भएको अफगानिस्तानको बिदेश बिभागले पुष्टी गरेको छ। 
 
त्यसैगरि ९ जना घाईते भएको जस्मा ५ नेपाली र ४ अफगानी नागरिक रहेको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ। 
 
नेपाल स्थित परराष्ट्र मन्त्रालयका प्रवक्ता सुधुर भट्टराईका अनुसार ईस्लामावाद स्थित नेपाली राजदुतावासलाई बिस्तृत विवरण बुझ्न भनिएको छ। त्यहाँबाट रिपोर्ट आएपछी मात्र केही भन्न सकिने भनेर भट्टराईले बताएका छन्। 
 
बिहानको समयमा सब्रे सेक्युरिटी कम्पनीमा कार्यरत सुरक्षा गार्डहरु लिएर निस्केको बस आक्रमणमा परेको थियो। उक्त क्याम्पबाट दुई बस निस्केकोमा दोस्रो बसमा आक्रमण भएको थियो। 
 
बसमा कुल २१ जना सवार थिए। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ