arrow

महाधिवेशनको नारा खोज्दै नेपाली काँग्रेस, सुझाव दिन सार्वजनिक आव्हान

logo
हाम्रा कुरा
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1199355521.jpeg
काठमाडौं । नेपाली काँग्रेसको आगामी १३औं महाधिवेशनको नाराका बारेमा सार्वजनिक वहस हुन थालेको छ । संभवतः नेपाली काँग्रेसको इतिहासमै पार्टीको नाराका बारेमा पहिलो पटक सार्वजनिक वहस गरेर नारा तय गर्न लागिएको हो ।  पार्टीका प्रभावशाली नेता तथा उनका सल्लाहकारहरुले मात्रै छलफल गरेर तय हुदै आएको पार्टीको महाधिवेशनको नारा यस पटक सार्वजनीक छलफल मार्फत तय गर्न लागिएको छ ।

पार्टीको महाधिवेशनका लागि गठन गरिएको निति तथा कार्यक्रम समितिले सार्वजनिक रुपमा सुझाव आह्वान गरेर प्राप्त सुझावहरुलाई आधार बनाई नारा तय गर्ने निर्णय गरेको समितिका सदस्य धनराज गुरुङले जानकारी दिए । 

समितिको निर्णय अनुसार उनले आफ्नो फेसवुक मार्फत् पार्टीको महाधिवेशनको नाराका लागि सुझाव माग गरेका छन् । उनले सुझाव माग्दै लेखेको फेसवुक स्टाटसमा युवाहरुलाई नेतृत्व दिनु पर्ने नारा बनाउन धेरै सुझावहरु आएका छन् । त्यसैगरी विदेशी प्रभावमा काँग्रेस बढी परेकाले त्यसबाट मुक्त हुने अठोट नाराबाट व्यक्त हुनु पर्ने सुझाव पनि केही आएका छन । 

साथै कतिपय सुवेच्छुकहरुले भ्रष्टाचार मुक्त मुलुक बनाउनु पर्नेमा जोड दिएका छन भने कतिपयले काँग्रेस भित्रको लोकतन्त्र र मुलुकको लोकतन्त्रलाई थप संस्थागत र सुदृढ बनाउनु पर्ने खाँचो औल्याएका छन् । 

सन्तोष स्पन्थनले भ्रष्टाचार मुक्त नारा बनोस भनेका छन् भने गुरुङ एकले म नेपाली र हाम्रो नेपाल हामी सवैको साझा फुलवारी हो भन्ने कुरा नारामा झल्कीयोस भन्ने अपेक्षा गरेका छन् । सन्तोष रायमाझी लेख्छन्, ”आत्मनिर्भर सहित स्वाभिमानी नेपाल र समाबेसी चरित्रको काङ्ग्रेस हो दाइ”

नेता गुरुङको स्टाटसमा कमेण्ट गर्दै गोविन्द घिमिरेले “समय सापेक्षा काँग्रेस, जनजनको मनमा काँग्रेस, युवालाई काम बृद्धलाई आराम, गटको अन्त्य, सवल लोकन्त्र” लाई नारा बनाउन सुझाव दिएका छन् । युवाको नेतृत्व बरिष्ठहरुलाई सम्मान, संबृद्ध नेपाल हाम्रो अभियान भन्ने नारा बनाउनु उपयुक्त हुने ठानेका छन् हरिप्रसाद कँडेलले । त्यस्तै सुझाव छ रमेश पाण्डेको पनि — बुढालाई बाईबाई, युवापुस्तालाई हाईहाई । 

नयाँ नेपालको नयाँ संविधान कार्यन्वयन गर्ने हाम्रो अभियान, लोकतान्त्रिक गणतन्त्र सस्थागत गर्न नेपाली कांग्रेस को १३औं महाधिवेशन । कसो होला दाजु भनेर प्रश्न गरेका छन् एकल यात्रीले ।  त्यसैगरी युवराज गिरीले काँग्रेसको आह्वान, आर्थिक सम्बृद्धि र सुशासन, ज्ञानेन्द्र न्यौपानेले नेकाको चाहना, सुखी र सम्बृद्ध जनता, पुर्ण रेग्मीले सम्बृद्ध गणतन्त्रात्मक नयाँ नेपाल निर्माणका लागि नयाँ नेतृत्व, पवन रेग्मीले अखण्डता, स्वाभिमान र लोकतान्त्रीक संविधान, नेपालीको राष्ट्रिय पहिचान लाई महाधिवेशनको नारा बनाउन सुझाव दिएका छन् । 

रामकुमार तिमिल्सीनाको कमेण्ट छ, “राम्रो नेपालको लागि हाम्रो नेतृत्व, राम्रो नेतृत्वको लागि युवाको प्रभुत्व । लोकतान्त्रिक संविधानको कार्यान्वयन र समृद्ध नेपालको लागि, पाकालाई सम्मान र युवालाई प्रोत्साहन, नेपाली काङ्ग्रेसको १३औ महाधिवेशन ।”

सुरेन सापकोटाले दुई ओटा नारा लेखिदिनु भएको छ । 
१. विविधता विचमा एकता, लोकतन्त्र र रास्ट्रियता ्रशान्त सम्बृध्द नेपाल अबको आवश्यकता, २. बर्षौंको त्याग तपस्या र बलिदानले बनायौं लोकतान्त्रिक सम्बिधान
सस्थागत गर्दै अघि बढ्ने कंग्रेसको १३औं महाधिवेशनको अभियान

भोजराज श्रेष्ठले समावेशी लोकतन्त्र, नेपाली काँग्रेसको मुलमन्त्र बनाउन सुझाव दिएका छन् भने लक्ष्मण खड्काले काँग्रेसको १३औ महाधिवेशन, गुठ उपगुठको देहावसान लेखेका छन् । उमेश पराजुलीले गणतन्त्रको संस्थागत विकासमा जोड दिदै गणतन्त्रको संस्थागत विकास एवं आर्थिक क्रान्तिका लागि नेपाली काँग्रेस हुनु पर्ने उल्लेख गरेका छन् ।

काँग्रेसको अन्तरिक लोकन्त्रका बारेमा ध्यानाकर्षण गराउन अर्जुनकुमार श्रेष्ठले नेपाली काँग्रेसमा एकता, बोली व्यवहारमा समानता भनेका छन्  काँग्रेसको आगामी महाधिवेशनको नाराका लागि सुझाव दिने क्रममा यमलाल सुवेदीले नेपाली काँग्रेस तेह्रौ महाधिवेशनको आह्वान, राष्ट्रियता, लोकतन्त्र र समाजवादको संस्थागत विकासका लागि युवा नेतृत्व स्थापना गर्ने अभियान भनेर लेखेका छन् ।

काँग्रेसकै पुर्ननिर्माणका बारेमा नारा बनाउन पनि नेता गुरुङको स्टाटसमा कमेण्ट गर्नेहरुले सुझाव दिएका छन् । अमृत रेग्मीले काँग्रेसको पुनर्निर्माण, युवालाई नेतृत्व, भ्रष्टाचारमुक्त काँग्रेस आजको आवश्यकता भनेका छन् ।  सुझावको आह्वान सहितको उहाँको स्टाटसको कमेण्ट वक्समा सुझाव दिने क्रम निकै तिव्र देखिएको छ । नेता गुरुङले प्राप्त सुझावहरुलाई समितिमै छलफल गरेर नारा तय गरिने हाम्राकुरालाई जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ