arrow

महाभुकम्पमा २२ घण्टापछि उद्दार गरिएका बालक सोनिस अवाल १५ महिनाका भए

सोनिसको परिवारले भत्केको घरको कागजात (लालपुर्जा) नभएका कारणले सरकारी राहात पनि पाउन सकेको छैन्

logo
प्रकाशित २०७२ चैत १६ मंगलबार
Sonis_Awal_hamrakura_2.jpg.jpeg
काठमाडौं। बैशाख १२को महाभुकम्पमा २२ घण्टा पुरिएर जिवितै उद्दार गरिएका ४ महिनाका सोनीस अवालले उक्त समय अन्तराष्ट्रिय चर्चा पाएका थिए। भक्तपुरस्थित घर भत्केपछि सोनिस पुरिएका थिए। 
 
भुकम्प गए लगत्तै भत्केको घरबाट सोनिसकी दिदी सोनिया अवाललाई नेपाली सेना र स्थानिय मिलेर उद्दार गरेका थिए तर सोनीसको कुनै पत्तो नलागेपछि सेनाले उद्दार कार्य बन्द गरेको थियो। अर्को दिन बिहान सोनिसकी आमाले बच्चा रोएको मधुरो आवाज सुनेपछि सेनाले फेरि उद्दार कार्य शुरु गरेपछि सोनिस फेला परेका थिए। 
 
अहिले सोनीसको परिवार भक्तपुरमा ब्यासी नजिकै कोठा भाडामा लिएर बसेको छ। एउटा सानो कोठामा ४ जनाको परिवार बसिरहेको छ। उक्त कोठा ४ जनाकालागि अतिनै साँघुरो रहेको छ। सोनिसको परिवारले भत्केको घरको कागजात (लालपुर्जा) नभएका कारणले सरकारी राहात पनि पाउन सकेको छैन्।
 
हामी घुम्न जाँदा १५ महिनाका हँसिला सोनिस खेलिरहेका थिए। त्यही क्रममा हामीले उनका केही त्सविर खिच्ने अनुमती मागेका थियौं।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ