arrow

जुहारीले रित्तिदैं क्यान : 'विधि लत्याएर निर्वाचन गर्नेलाई तिमीहरुले ठिक गरेका हौ भनेर कसरी भन्ने ?'

खेल कसैका कारणले रोकिँदैन मूल समस्या मुद्दाको हो : विष्ट / पूर्वाधार तयार भएपनि खेल र संस्था संकटमै : प्याकुर्‍याल

logo
चन्द्र धामी,
प्रकाशित २०७२ फागुन १६ आइतबार
CAN-&-CORT.jpg.jpeg
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापन विवादले संस्था नै संकटमा परेका बेला कार्यसमिति विवाद मुद्दाको पेशी फेरि सरेको छ । गएको आइबार छलफल  हुनुपर्ने पेशी यो आइतबारलाई सरेको थियो । सर्वोच्चले प्राविधिक रकाण देखाँउदै पेशी सरेको जानकारी दिएको चतुरबहादुर चन्द नेतृत्वको क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालले जानकारी दिए। बेन्चमै गडबडी भएपछि पेशी सरेको जानकारी दिँदै उनले अबको छलफल कहिले हुने भन्ने साँझ मात्रै थाहा हुने बताए । क्यानको कार्यसमिति विवादले वैशाख २ र ४ गते नामिवियासंग कीर्तिपुर मैदानमा हुनु पर्ने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल अन्योलमा परेको छ । 
 
क्यानको व्यवस्थापकिय विवादले खेलप्रति शंका जनाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले गएको साता नेपाली क्रिकेटसंग सम्बन्धित व्यक्तिहरुलाई पत्राचार गरेको थियो । आइसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एण्डरसनले क्यानको विवादका विषयमा आइसीसी बोर्डलाई अप्रिलमा बस्ने बैठकमा जानकारी गराइने उल्लेख गरेका छन् । यद्यपि, अवस्था फेरि त्यही रहे आइसीसी बोर्डले निलम्बन सम्मको कारबाही गर्न सक्ने उनको चेतावनी छ  । 
 
कीर्तिपुर मैदानको स्तरोन्नति गर्न नसकेको तथा सुरक्षाको व्यवस्था गर्न नसकेपछि गएको नोभेम्बरमा पपुवा न्युगिनीविरुद्ध खेल्न नेपाल यूएई पुगेको थियो । आइसीसीले सन् २०१५ देखि २०१७ सम्म सन्चालन हुने च्याम्पियनसिपका ७ खेल मध्ये  नेपालले तीन राष्ट्रविरुद्धका ६ खेल घरेलु मैदानमै खेल्न पाउने व्यवस्था गरेको छ । क्यान विवादकै कारण आइसीसीले नेपाललाई दिने २०१४ देखिकै ९ लाख डलर सहयोग रकम रोकेर राखेको छ ।
 
खेल कसैका कारणले रोकिँदैन मूल समस्या मुद्दाको हो : विष्ट
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले कसैका कारण खेल नरोकिने भन्दै मूल समस्या मुद्दा नै रहेको बताएका छन् । विष्टले हाम्राकुरासंग भने, ‘पूर्वाधार, खेलाडी र व्यवस्थापनका कारण खेल रोकिँदैन ।’ समस्या अदालतको फैसला ढिलाई को हो । अदालतमा विचाराधिन मुद्दा कुर्नु बाहेक अरु विकल्प नरहेको विष्टले बताए । अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । वकिलहरु छलफलमा सहभागि भइरहेका छन् । पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ, विष्टले थपे, ‘क्यानको खाता संचालनबारे हामी पहल गरिरहेका छौं ।’ 
 
‘आइसीसीलाई कन्भेन्स गरिरहेका छौं’
विष्टले आफुहरुले खेल संचालनबारे आइसीसीलाई कन्भेन्स गरिरहेको बताए । उनले भने, ‘हामी भरपुर प्रयास गरिरहेका छौं, आइसीसीले विवाद सुल्झाउन भन्दै ताकेता गरिरहेको छ ।’ समस्या मुद्दाकै कारण सिर्जना भएको हो । मुद्दा हाल्नेले यसको जिम्मेवारी लिनु पर्ने हो । विधि अनुरुप साधारण सभा नगर्नुस् भन्दा भन्दै गर्नेहरुलाई हामीले तिमीहरुले ठिक गरेका हौ भनेर कसरी भन्ने ?–विष्टले तर्क गरे । उहाँहरुले मिल्ने कुरा गर्नु भो भने मिलेर जान सक्ने प्रशस्त बाटो छ । 
 
पूर्वाधार तयार भएपनि खेल र संस्था संकटमै  : प्याकुर्‍याल
निर्वाचित कमिटिका महासचिव प्याकुर्‍यालले पूर्वाधार तयार भए पनि व्यवस्थापनको अभावका कारण खेल संकटमा पर्ने बताए । उनले भनेका छन्, ‘मुद्दाको टुंगो नलागे सम्म व्यवस्थापनको टुंगो लाग्दैन, आइसीसीले पत्याउने व्यवस्थापन नभई खेल संचालन कसरी हुन्छ ।’ मुद्दाको फैसला नभएसम्म समस्या र संस्था संकटको वातावरण कायमै रहन्छ । नामिवियासंगको खेलबारे आइसीसी नै अन्योलमा छ । उनले भने, ‘हामीलाई गरेको पत्राचारमा समेत अन्योलकै विषय उल्लेख छ ।   
 
एकपछि अर्को कमिटी 
डिसेम्बर १९ सम्म नेतृत्वबारे कुनै निर्णय नगर्न र नेतृत्व चयनको अभ्यास नगर्न बन्धन परेकामा डिसेम्बर १५ अर्थात् मंसिर २९ गते चतुबहादुर चन्दपक्षले निर्वाचन गरेको थियो । पुस १ गते वुधबार राजधानीको कमलादीस्थित होटल राज घरानामा चतुरबहादुर चन्दको नेतृत्वमा क्यानको निर्वा्चित कमिटी गठन भएको हो । आइसीसीकै अनुमती अनुसार राष्ट्रिय खेलकुद परिषद् राखेपले साधारण सभा रोक्न भन्दा भन्दै गरेको निर्वाचनलाई सरकारले अवैधानिक भनेको छ ।
 
यस्तै, गएको पुस १८ गते राखेपले रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । जसविरुद्ध चतुरबहादुर चन्दनेतृत्वको निर्वाचित कमिटीले सर्वोच्च अदालनमा मुद्दा दर्ता गरेको छ । केही समय अघि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो । मुद्दा विचाराधिन रहेकाले दुबैलाई तत्काल यथा स्थानमा बस्न भनेपछि क्यानको गतिविधी रोकिएको छ भने, मुद्धाको छिनोफानो हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ