arrow

प्रधानमन्त्री ओलीले धुर्मुसलाई भने ‘थाहा पाएँ मेरो उछितो काढ्नुको कारण’(भिडियो)

प्रधानमन्त्रीले यस्ता घरहरु अन्य ठाउँमा पनि उपयुक्त हुन सक्ने विचार राखे ।

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
Kp-Oli-and-dhurmu-suntali.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती हेर्न काभ्रे डाँडा गाउँस्थीत पहरी बस्ती पुगे । भूकम्प गएको चार महिना नबित्दै निर्माण सम्पन्न भएको एकिकृत बस्तीमा उनी नौ महिना पछि पुगेका हुन् । विकट बाटो हुँदै बस्तीमा पुगेका उनले धुर्मुस सुन्तलीले गरेको कामको उच्च प्रशंसा गरेका छन् ।

१८ परिवारका लागि निर्माण गरिएको बस्तीलाई फन्को मार्दै उनले बस्तीको अवधारणा, मोडल र पहरी समुदायबारे जानकारी लिए । करिब एक घण्टाको बसाईमा उनले बस्तीबाट देखिने डाँडाकाँडा र सुनकोशी नदीलाई नियाले । धुर्मुस सुन्तलीले असार साउनको झरीमा हाँस्य टेलिश्रृंखला मेरी बास्यै, भद्रगोल, सगुन डटकमसँगै अन्य थुप्रैको सहयोगमा आफुले खटेर बनाएका हरेक संरचनाबारे बताए ।

धुर्मुस सुन्तलीले सोहि ठाउँका बाँकी रहेका भूकम्प प्रभावित पहरीहरुले पनि यस्तै घरको माग गरेको सुनाए । यति मात्र नभई उनीहरुले महोत्तरीको मुसहर बस्तीमा पुग्दा देखेको विकराल अबस्था बारे पनि प्रधानमन्त्रीलाई जानकारी गराए । प्रधानमन्त्रीले यस्ता घरहरु अन्य ठाउँमा पनि उपयुक्त हुन सक्ने विचार राखे । बस्ती अवलोकन गर्दै गर्दा प्रधानमन्त्री ओलीले धुर्मुसलाई धाप मार्दै धुर्मुसको कानमा काम राम्रो गरेको रहेछ त्यसैले पो मेरो उछितो काढ्दो रैछ भन्दै ठट्यौली गरे ।

यस अघि प्रधानमन्त्री ओलीले सरकार विस्तार गरेपछि धुर्मुसले नरपशु मन्त्रालय हँस्यौली भिडियो बनाएका थिए । जुन निकै भाइरल बनेको थियो । नमुना बस्तीमा पुगेका प्रधानमन्त्रीले अरु के के गरे ? हेर्नुहोस भिडियो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ