arrow

[रंगेली अपडेट] : ‘ईश्वरलाई बचाउन खोज्दा द्रोपती ढलिन्’

गोली लागेका तीनको मृत्यु, ४ घाइते

logo
किरण न्यौपाने,
प्रकाशित २०७२ माघ ७ बिहिबार
Dropati-rangeli.jpg.jpeg
रंगेली, मोरङ। तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रहरीबीच मोरङको रंगेली र डाइनियामा हिंसात्मक झडप भयो। झडपले अन्ततः मुठेभडको रुप लियो। प्रहरीले गोली वर्षायो। गोली लागेका ३ को मुत्यु भयो। ४ घाइते छन्। आन्दोलन सेलाएकै चर्चा भइरहेकै बेला अकस्मात पुरानै लय दोहोरियो। कारण केन्द्रको दलीय सहमति निर्णायक तहमा नपुग्नु र मधेस आन्दोलन विश्रामको उपयुक्त बाटो नखुल्नु नै हो। 
 
मोरङको रंगेली घटना सरकार र मधेसीमार्चाको टकराबकै रुपमा देखिएको छ। सरकारको नेतृत्व गरिरहेको दल एमाले निकट भ्रातृ संगठनकै कार्यक्रमबीच तनाब भयो। एमाले नेताले रंगेलीमा भाषण गरिरहेकै बेला मोर्चा कार्यकर्ताले कार्यक्रम गर्न रोक लगाउने भन्दै प्रहरीको सुरक्षा घेरा तोडे। प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास, हवाईफायर गर्दा सिप नलागेपछि गोली चलाएको बताएको छ। 
 
प्रहरीले चलाएको गोली लागेर रंगेली नगरपालिका–४ कि ६० वर्षीया द्रोपतीदेवी चौधरी र विराटनगरमा उपचारको क्रममा वरड्गा गाविस–२ वस्ने महादेव ऋषिदेवको मृत्यु भएको भयो। यस्तै, रंगेलीबाट सुरु भएको तनाव संगै जोडिएको डाइनिया सम्म पुग्यो। डायनियामा मोर्चा कार्यकर्ताले अवरुद्ध पारेको सडक खुलाउने क्रममा गोली चल्यो। डाइनिया–९ बस्ने २५ वर्षीय शिवु माझीको मृत्यु भयो। 
 
प्रहरीको गोली लागि रंगेली नगरपालिका–९ का ५० वर्षीय सत्यनारायण साह, रंगेली–९ कै वर्ष ३५ का जगरनाथ साह र रंगेली –४ का सुवोध मण्डल घाइते छन्। केही प्रहरी समेत घाईते भएका छन्। घटनापछी  रंगेली तनावग्रस्त छ। मोर्चा कार्यकर्ताले डाइनियामा–२ वटा बसमा समेत आगजनी गरेको छ। आगजनी बाट ना २ ख २६९७ र ना २ ख ३८२१ नम्बरको बस जलेका छन्। 
 
ईश्वर पोखरेल सहितका नेताकै सुरक्षार्थ गोली चल्यो 
संविधानवारे मधेसमा रहेको भ्रम चिर्न युवा संघ नेपालले थालेको तराई मधेस जागरण अभियान अन्र्तगत मोरङको रंगेलीमा विहिबार आमसभा  आयोजना भयो। सभालाई विफल बनाउन मोर्चाले समेत २ दिन अघि देखि रंगेली केन्द्रीत आमहडताल गरेर विहिबारै रंगेली बजारमा आमसभाको आयोजना गरेको थियो। मोर्चाले गाउँ गाउँबाट बाक्लो रुपमा कार्यकर्ता रंगेलीमा भेला गरेको थियो। मोर्चाले आमसभा गरेपछी विरोध जुलुस निकालेको थियो। जुलुसले प्रहरी सुरक्षा घेरा तोड्ने प्रयास गरी युवा संघ नेपालले आयोजना गरेको कार्यक्रम स्थलमा छिर्न खोजेपछी मोर्चा र प्रहरीबीच झडप शुरु भयो। 
 
मञ्चमा एमाले महासचिव ईश्वर पोखरेल भाषण गर्दै थिए। नेताहरुको सुरक्षार्थ खटिएका प्रहरीले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै दजनौ राउण्ड अश्रु ग्यास र गोली चलायो। सोही क्रममा प्रहरीको गोली लागि  चौधरी घटना स्थलमै गल्र्याम्मै ढलिन्।
 
युवा संघको कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली आउने बताइए पनि प्रधानमन्त्रीको उपस्थित रहेन। युवा संघले एमाले महासचिव ईश्वर पोखरेल, सचिव शंकर पोखरेल, खेलकुद मन्त्री सत्य नारायण मण्डल, पूर्व उद्योग मन्त्री महेश बस्नेत, एमाले बैकल्पिक केन्द्रीय सदस्य तैयव हुसेन, युवा संघ नेपालका अध्यक्ष राजिव पहारी, पूर्व अध्यक्ष निरु पाल, सचिव पर्शुराम बस्नेत, सभासद ऋषिकेश पोखरेल लगायतका नेताको उपस्थिति गरायो। 
 
मोर्चाका कार्यकर्ताले एमाले रंगेली नगर अध्यक्ष मनोज अग्रवालको घरमा रहेको २ वटा मोटरसाइकलमा समेत आगजनी गरेका छन् । जिल्ला सदस्य सन्तोष कुमार साह र रंगेली इलाका इन्चार्ज दिनेश ठाकुरको घरमा समेत उनीहरुले तोडफोड गरेका छन् । मोर्चा कार्यर्ताले ठाकुर समेत हातपात गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ