arrow

फुटसल बन्दको झोंकमा युवा फन्किए, ‘मनोमानी गरे’–सबैलाई बन्द गरायौं : एसएसपी थापा

ललितपुरमा पनि निगरानी

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
footsall.jpg.jpeg
चन्द्र धामी, काठमाडौं । प्रहरी र प्रशासनले काठमाडौंमा रहेका सबै फुटसल तत्कालका लागि बन्द गराएको छ । यद्यपि, प्रहरी प्रशासनको कदमप्रति स्थानीयले रोष पोखेका छन् । प्रहरीले स्थानीयको उजुरीकै अधारमा फुटसललाई निगरानीमा राखिएको बताएको छ । पछिल्लो समय काठमाडौंमा खेल अभ्यासका लागि फुटबल मैदानको अभाव भइरहेका बेला फुटसल व्यवसायमाथि प्रतिबन्ध लगाउनु सरकारको हस्तक्षेप हो, भन्ने टिप्पणीहरु सुरु भएका छन् ।
 
मैदान र अभ्यासको अभावले नेपाली फुटबल खस्किएका बेला युवाहरुको आकर्षणको केन्द्र फुटसल बन्द गर्नु विकृति समाधानको उपाय नभएको अधिकांशको युवाको ठहर छ । सामाजिक संजालमा समेत सरकारी नीतिलाई कटाक्ष गर्दै निकै टिप्पणी भएका छन् । प्रहरी प्रशासन सामाजिक सुरक्षा र अपराधिक क्रियाकलाप रोक्नकै लागि भएको भन्दै कतिपयले अनुगमन र निगरानी बढाउनु पर्ने तर, बन्दले समस्या समाधान नहुने उल्लेख गरेका छन् । 
 
प्रतिबन्धको असर 
फुटसलको अभ्यासले खेल अभिरुचिलाई बढावा दिने भएकाले युवाहरु अभ्यासबाट बञ्चित हुने अधिकांशको धारणा छ । शाररीक व्यायमका लागि राजधानीमा उपयुक्त वातावरण र स्थानहरुको अभाव छ । घरै–घर र फोहरले वायुप्रदुषण भइरहनु तथा मर्निङ, इभिनिङ वाकका लागि समेत उपयुक्त वातावरण नभएकैले फुटसल लोकप्रिय हुँदै गएकामा प्रतिबन्धले मानव स्वास्थ्यलाई समेत घाटा हुने तर्क सुरु भएका छन् । अर्कोतिर फुटसलमा व्यस्त हुने युवा जमात ड्रक्सतिर लाग्ने ठूलो भय रहेकाले तत्काल समस्या समाधान हुनुपर्ने आवाज उठेको छ । 
 
प्रशासनको होस खुल्यो 
काठमाडौं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले बन्द समाधान नभएको बताएका छन् । प्रजिअ सुवेदीले हाम्राकुरासंग भने,‘फुटसलका नाममा भइरहेका अवाञ्छित गतिविधि नरोकिए सम्मका लागि रोक लगाएका हांै, बन्दै गर्न खोजेका होइनौं ।’ यसअघि सुवेदीले हाम्राकुरासंगै मापदण्ड नबने सम्मका लागि बन्दनै गर्न लागिएको बताएका थिए । सुवेदीले सजिलै भने,‘उहाँहरुसंग छलफल हुन्छ, हामी छलफलबाट चाँडै समाधान खोज्छौं ।’ छलफलका क्रममा सबैको विधिप्रक्रिया हेरिन्छ । दर्ता नभएकाहरु दर्ता प्रक्रियामा जान्छन्, कर नतिर्नेहरु करको दायरामा आउँछन्–सुवेदीले भनेका छन् । छलफलबाट समस्या समाधान हुन्छ, यो ठूलो विषय होइन । 
 
मनोमानी गरे–सबैलाई बन्द गरायौं : एसएसपी थापा
महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एवं एसएसपी विक्रमसिंह थापाले फुटसलमा मनोमानी बढेकाले बन्द गरिएको बताए । काठमाडौंका अभिभावकहरुले सामाजिक सुरक्षामै असर गरेका थुप्रै उजुरी गरेपछि निगरानीमा राखेको बताउँदै थापाले फुटसल पहिले देखिनै अनुगमनको घेरामा रहेको बताए । थापाले काठमाडौं वरीपरी डेढ सयको हाराहारीमा फुटसल एरेना रहेको बताए । उनले भने,‘लिखित मापदण्ड बनाउँछौं, प्रक्रिया पुगेपछि सन्चालन हुन्छ ।’ निश्चित मापदण्ड अनुसार चल्नु पर्दछ भन्ने हाम्रो मान्यता हो । 
 
ललितपुर पनि निगरानीमा, बन्द भएका छैनन् : एसएसपी अधिकारी
काठमाडौंका फुटसल बन्द भएपनि ललितपुरमा भने बन्द नभएको महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख एवं एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए । यद्यपि, ललितपुरमा समेत अनुगमनमा कडाई गरिएको एसएसपी अधिकारीले बताए । भक्तपुरमा समेत बन्द नभएको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ