arrow

सशस्त्रका तीन पूर्व महानिरिक्षकसंग १० करोड धरौटी माग, तीनैले थुनामा बस्न इन्कार गरे, बैंक ग्यारेन्टी दिने बयान

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
APF.gif.gif
काठमाडौं । सशस्त्र प्रहरीका तीन पूर्व महानिरिक्षक सशस्त्र प्रहरी घोटाला प्रकरणमा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्व महानिरिक्षक सनतकुमार बस्नेत, वासुदेव ओली र शैलेन्द्र श्रेष्ठसँग ढुवानी अनियमितता प्रकरणमा फर्जि कागजात बनाएको बारे बयान लिने क्रममा १० करोड धरौटी मागेको छ । अख्तियार श्रोतले आइतबार साँझ सम्म धरौटी नबुझाए तीनैलाई हिरासतमा राख्ने तयारी भएको जनाएको छ । अख्तियारले सनतकुमार बस्नेतसँग ८ करोड, शैलेन्द्र श्रेष्ठसँग १ करोड र वासुदेव ओलीसँग ७० लाख रुपैयाँ धरौटी मागेको हो ।
 
उनीहरुले थुनामा बस्न चाहेका छैनन् । बैंक ग्यारेन्टी ल्याउने भन्दै आफन्त र परिवारका सदस्य परिचालन गरिसकेको स्रोतले जनाएको छ । सशस्त्र प्रहरी घोटाला प्रकरणमा निवर्तमान महानिरिक्षक कोषराज वन्तसंग आरोप मिलेपनि घटना फरक देखिएको छ । ती तीन जनाले पदमा वहाल रहँदा ढुवानीको नक्कली विल बनाइ १५ करोड रुपैंया बढी अनियमितता गरेको अख्तियारको ठहर छ । यसअघि, सशस्त्र प्रहरीका निलम्बित महानिरिक्षक कोषराज वन्त १० करोड धरौटी तिरेर तारेखमा छुटेका थिए । वन्त निलम्बनमा परेपछि निमित्त महानिरिक्षकको जिम्मेवारी पाएका दुर्जकुमार राई समेत अख्तियारको छानविन घेरामा परिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ