arrow

फेरि बढ्यो सुनचाँदीको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ८०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार १५० मा कारोबार भएको थियो ।  

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको १६ सय ५५ मा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ