arrow

धनुषाको पौडेसर तनावग्रस्त, युवती भगाएको विषय सडकमा बल्यो टायर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १३ बिहिबार
dhanusha-agression-81-01-13.jpg

धनुषा । धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ । प्रहरीका अनुसार करिब दुई साताअघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहिलेसम्म दुवै जोडी नआएपछि छोरी पक्षले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

पौडेसरका दुई जना युवतीलाई हंसपुर नगरपालिका–४ का दुई जना युवकहरूले भगाएर लगेको र उनीहरु परिवारको सम्पर्कमा अहिलेसम्म नरहेको बताइएको छ । 

प्रहरीले आफ्नो छोरीहरू खोज्न पहल नगरेको र केटा पक्षले पनि छोरीहरू खोजी नगरेको भन्दै केटी पक्ष आक्रोशित बनेको हो । 

प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुङ्गा हानेर सिसा फुटाइदिए पछिको स्थिति तनावग्रस्त बनेको थियो । 

प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको जनाएको छ । प्रहरीले अहिले स्थिति नियन्त्रणमा आएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ