arrow

शान्ति समाजले किन्यो तीन करोड दश लाखमा भवन, बद्री एक्लैले दिए करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
shanti-samaj-bhawan.jpeg

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले आफ्नो केन्द्रीय कार्यालयका लागि भवन खरिद गरेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ८, बागमतीनगर, बागमती करिडोरमा साढे तीन आनाभन्दा केही बढी क्षेत्रफलमा बनेको साढे दुई तले घर लोकतन्त्र दिवसको पूर्व सन्ध्यामा बैशाख १० गते रजिष्ट्रेसन पास भएको छ । 

सो घरको मूल्य २ करोड ९५ लाख र रजिष्ट्रेसन शुल्क १५ लाख ६३ हजार ५ सय गरी कुल तीन करोड १० लाख ६३ हजार ५ सय लगानी भएको समाजकी महासचिव रेणुका पौडेलले जानकारी दिइन् ।

‘शान्ति समाज केन्द्रीय कार्यालय भवन खरिदका लागि सहयोग गर्ने १८ सय भन्दा बढी सदस्य तथा शुभचिन्तक सबैप्रति शान्ति समाज आभार व्यक्त गर्दछ’, महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

भवनका लागि सबैभन्दा बढी एक करोड रुपैयाँ सहयोग समाजसेवी बद्रीप्रसाद पहाडीले गरेका छन् । त्यसैगरी समाजका सभापति रामकृष्ण बरालले ९ लाख ८० हजार, निवर्तमान सभापति गोविन्द खनालले ८ लाख, पूर्व सभापति होमकान्त चौलागाईले ६ लाख र नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले ३ लाख रुपैयाँ सहयोग गरेको महासचिव पौडेलले जानकारी दिइन् ।

भवन खरिदका लागि शान्ति समाजका १७५५ जना आजीवन सदस्यको सदस्यता शुल्क प्रत्येकबाट ५ हजारका दरले जम्मा भएको ८७ लाख ७५ हजार रुपैयाँ पनि लगानी गरिएको छ ।

वरिष्ठ मानवअधिकारकर्मी तथा नागरिक अगुवा कृष्ण पहाडीको नेतृत्वमा स्थापना भएको मानव अधिकार तथा शान्ति समाजले नेपालमा मानव अधिकार र शान्ति स्थापनाका लागि उल्लेख्य योगदान दिँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ