arrow

फेवातालमा डुंगा दुर्घटना, पाँचै जनाको सकुशल उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
fewatall-accident-81-01-12.jpg

पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । 

अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका ५ जना फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए । 

दुर्घटना लगत्तै नं २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा तैनाथ विपद् व्यवस्थापन सहितको टोलीले उनीहरुको तत्कालै सकुशल उद्धार गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ