arrow

बैंकिङ कसूरमा फरार करुणा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
karuna-shahi-banking-.jpg

बाँके । बैंकिङ कसूरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका ११ बस्ने करुणा शाहीलाई ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले पक्राउ गरेको हो ।

उनलाई बाँकेको बानियाभार (माईतीघर) बाट प्रहरीको टोलीले पक्राउ गरेको बताएको छ । 

ईलाका प्रहरी कार्यलयका डिएसपी धर्म भण्डारीले अहिले बयान लिने काम भइरहेको र बैंकको कागजात रुजु हुनेक्रममा रहेको जानकारी दिएका छन् । 

केही समय अगाडि बैंकिङ कसूरमै फरार रहेका उनका श्रीमान् अर्जुनबहादुर खाँड ठकुरी पनि पक्राउ परेका थिए । उनलाई गत माघ २७ गते प्रहरी वृत सातदोबाटो ललितपुरबाट पक्राउ गरी कोहलपुर इलाका प्रहारी कार्यलय बाँके पुर्याइएको थियो ।  

त्यसपछि गत फागुनन १५ गते जिल्ला अदालत बाँकेले धरौटीमा उनलाई रिहा गरेको थियो । हाल यो अदालतमा मुद्दा विचाराधीन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ