arrow

गोरखा भूकम्पको नौ वर्ष

तङ्ग्रिदै ‘इपिसेन्टर’, फेरियो परिचय [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
barpak-epicentre-2081-(13).jpg

गोरखा । विसं २०७२ साल बैशाख १२ गते शनिबार ११ः५६ मा गोरखाको बारपाक केन्द्रविन्दु (इपिसेन्टर) बनाई गएको ७.८ रेक्टर स्केलको भूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो हजारौँ घाइते भएका थिए । 

गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे र उपत्यकाका तीन वटै जिल्लामा नराम्रोसँग क्षति पुग्यो । सो भूकम्प गएको नौ वर्ष पूरा भएको छ । 

अहिलेसम्म प्राकृतिक सम्पदाहरु ठडिएका छैनन् । धरहराको निर्माण पूरा भएको छैन । कतिपयका स्थानीयका घर ठडिएका छैनन् । 

त्यतिबेला कम तलाका घर बनाउने भने पनि अहिले भने सबैले त्यो पीडा बिर्सिएर प्रतिस्पर्धामा उत्रिएका छन् । 

फेरियो बारपाकको परिचय

करिब १५ सय भन्दा बढी घरधुरी, अधिकांश मानिसहरु बेलायती सेना र भारतीय सेनामा कार्यरत, मानिस नै अलमल पर्ने बाक्लो बस्ती, ढुंगाले छाएको घर, बाटो भरि ढुंगा विछ्याइको सुन्दर गाउँको रुपमा परिचित बारपाक २०७२ सालको भूकम्पपछि भने फेरिएको छ । 

मौलिकता मासिएको छ । परिचय फेरिएको छ भूकम्पको केन्द्रविन्दु बारपाक । हिजोआज बारपाक घुम्न विभिन्न जिल्ला र विभिन्न देशबाट मानिसहरु आउने गर्दछन् । 

सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटलहरु खुलेकाले बारपाक घुम्ने नयाँ गन्तव्य बनेको छ । 

परम्परागत ढुंगाले छाइएको घरको सट्टा आधुनिक र पक्की घरहरु निर्माण गरिएको छ, ढुंगा छापिएका बाटोहरु मोटर बाटोमा परिणत भएका छन् । 

९ वर्ष अगाडि भूकम्पले मानसिक र शारीरिक रुपमा पुर्याएको घाउका टाटाहरु मात्र बाँकी छन् । 

बारपाकीहरुको मनमा, दैनिकी सामान्य बन्दै गएको छ । मेलापात, घाँसदाउरा वनजंगल गर्दा गाइने गीतहरुले भूकम्पको कम्पनलाई बिर्साएको छ । (केही तस्बिरहरु नेपाल फोटो लाईब्रेरीबाट) 

barpak-epicentre-2081 (1).jpg
barpak-epicentre-2081 (2).jpg
barpak-epicentre-2081 (3).jpg
barpak-epicentre-2081 (4).jpg
barpak-epicentre-2081 (5).jpg
barpak-epicentre-2081 (6).jpg
barpak-epicentre-2081 (7).jpg
barpak-epicentre-2081 (8).jpg
barpak-epicentre-2081 (9).jpg
barpak-epicentre-2081 (10).jpg
barpak-epicentre-2081 (11).jpg
barpak-epicentre-2081 (12).jpg
7aa9502b-9aa0-4c6c-9bbb-bbc8ef1dba86.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ