arrow

हिमालयन हाइड्रो एक्स्पो आजबाट [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
himalayan-hydro-expo-2024-(.jpg

काठमाडौँ । हिमालयन हाइड्रो एक्स्पो २०२४ आजबाट शुरू भएको छ । एक्स्पोको शुरूआतको पहिलो दिन बिहान काठमाडौँको कमलादीस्थित स्काइ वाक टावरटबाट भृकुटीमण्डपसम्म ईभी र्‍याली निकालिएको छ । 

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतबाट बिहान एक्पोको उद्घाटन गरेका छन् । ईभी र्‍यालीसँगै एक्स्पोको शुभारम्भ भएको इप्पानका उपाध्यक्ष तथा एक्स्पो संयोजक भरत खत्रीले जानकारी दिए । 

मन्त्री आफैँ पनि मन्त्रालयको ईभी गाडीबाट र्यालीमा सहभागी भएका छन् । र्याली स्काइवाक कमलादीबाट शुरु भएर बानेश्वर , तीनकुने, कोटेश्वर, ग्वार्को, थापाथली , सुन्धारा, लैनचौर हुँदै भृकुटीमण्डपमा आई २६ किलोमिटर बाटो पूरा गरेको थियो । र्यालीमा विद्युतीय गाडी, स्कुटर, बाइकहरु सहभागी थिए । 

एक्स्पो बैशाख १४ गतेसम्म तीन दिन चल्नेछ । (तस्बिर –नेपाल फोटो लाइब्रेरी)

himalayan-hydro-expo-2024 (1).jpg
himalayan-hydro-expo-2024 (2).jpg
himalayan-hydro-expo-2024 (3).jpg
himalayan-hydro-expo-2024 (4).jpg
himalayan-hydro-expo-2024 (5).jpg
himalayan-hydro-expo-2024 (6).jpg
himalayan-hydro-expo-2024 (7).jpg
himalayan-hydro-expo-2024 (8).jpg
himalayan-hydro-expo-2024 (9).jpg
himalayan-hydro-expo-2024 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ