arrow

पोखरामा गएराति सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
accident-final.jpg

पोखरा । पोखरामा गएराति सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १४ खसीबजार बस्ने १९ वर्षीय खुशी प्रधान रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका प्रधानलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्याइएको केही समयमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा पोखरा-७ सिमलचौर बस्ने २१ बर्षीया दिपिका गुरुङ घाइते भएकी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गएराति करिब ८ बजे पोखरा-१४ को नयाँ विमानस्थल अगाडि पोखराबाट काठमाडाैँ जाँदै गरेको बा१प १३३८ नम्बरको बसमा सोही दिशातर्फ जाँदै गरेको ग२४प ३२९५ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने प्रधान स्कुटरको पछाडि सवार थिए भने घाइते गुरुङ स्कुटर चालक हुन् । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर दुर्घटना बारे अनुसन्धान गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ