arrow

पप्पु कन्स्ट्रक्सनसहित २९ निर्माण व्यवसायी पीपीएमओको कालोसूचीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
sarwajanik-kharid-anugaman-public-procurement-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २९ वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । पूर्वाधार निर्माणका काम र खरिद प्रक्रियालाई अलपत्र पार्ने पारेको भन्दै विभिन्न सार्वजनिक निकायबाट सिफारिस भइ आएका ती कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

यसरी कालोसूचीमा राखिएकामध्ये पप्पु कन्स्ट्रक्सनलाई २ वर्ष ६ महिना कालोसूचीमा राखिएको छ । सिक्टा सिँचाइ आयोजना नेपालगञ्ज बाँकेको सिफारिसमा पप्पुलाई कालोसूचीमा राखिएको हो । 

बाँकीमध्ये ८ कम्पनीलाई २ वर्षको लागि कालोसूचीमा राखिएको छ । त्यस्तै ७ कम्पनीलाई १ वर्ष ६ महिना, १ कम्पनीलाई १ वर्ष ३ महिनाको लागि कालोसूचीमा राखिएको भने अन्य कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा परेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ