arrow

नागरिक लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूति सम्झौता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
cit-nyagdi-hydro-agreement.jpg

काठमाडौंँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको शेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो । 

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरे ।

न्यादी पावरले प्रति कित्ता एक सय रुपैयाँको दरले ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता शेयर निष्कासन गर्दैछ । उक्त शेयरको तीन अर्ब तीन करोड साठ्ठी लाख अठहत्तर हजार चार सय रुपैयाँ बराबरको शेयर  प्रत्याभूति कोषले गर्ने भएको हो । 

यो भन्दा अघि पनि कोषले धेरै कम्पनीहरुसँग प्रत्याभूतिको कार्य गरिसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ