arrow

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सम्झौता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
cit-+sanigard.jpg

काठमाडाैँ । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सानिगाडको प्रति शेयर एक सय रुपैयाँले ८५ लाख ५० हजार कित्ता शेयर बापत ८५ करोड ५० लाख शेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्ने छ । 

सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र शेयर निष्कासन गरिसक्नु पर्नेछ । ६ महिनाभित्र शेयर निष्कासन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ