arrow

आफ्नै बस दुर्घटनामा परी मालिकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
accident-final.jpg
तस्बिर-फाइल

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एक जना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ ।

बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-४ निवासी ४६ वर्षीय विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

विक सो दुर्घटनाग्रस्त बसका बस धनी हुन् ।

दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा१ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बाघचौर नगरपालिका-२ ठिनबाङ्ग खोलाको पुलबाट खसेको थियो ।

बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते चारलाई कोहलपुर अस्पताल पठाइएको थियो । अरु घाइतेको दाङमा उपचार भइरहेको छ ।

सो दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ