arrow

विद्यार्थी बोकेको बस कागबेनीमा दुर्घटना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
kagbeni-accident.jpg

काठमाडौँ । जोमसोम-मुक्तिनाथ दर्शन गरी फर्किएको यात्रुवाहक बस मंगलबार बिहान मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-४ कागबेनी मोडको ओरालोमा दुर्घटना भएको छ । काठमाडौँबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ गएको प्रदेश-३-०१-००६ ख ६२२ नम्बरको यात्रुवाहक बस मुक्तिनाथबाट जोमसोम फर्किने क्रममा बिहान ९ बजेको समयमा कागबेनी मोडको ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

 बसमा चालकसहित ३० जना विद्यार्थी यात्रु सबार थिए । बस दुर्घटनामा १४ जना पुरुष र ७ जना महिला घाइते भएका हुन् । बस दुर्घटना भएको सूचना पाएपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेसहित कागबेनी प्रहरी चौकीका सुरक्षाकर्मीहरू बस दुर्घटना स्थलमा पुगेका थिए । 

दुर्घटना स्थलमा स्थानीय निकायका जनप्रतिनिधि र स्थानीयवासी समेत उद्धारमा खटिएका थिए । प्रहरी र प्रशासनका समन्वयमा बस दुर्घटनामा परेका घाइतेहरूलाई उपचारका लागि मुस्ताङ अस्पतालमा पुर्‍याएको छ । प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बस दुर्घटनामा परेका घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको प्रारम्भिक उपचार भइरहेको जानकारी दिए । 

मुक्तिनाथबाट फर्किएको विद्यार्थी सबार बस बे्रकफेल भई कागबेनी माथिको मुक्तिनाथ सडकको भिरालो सतहमा सडकमा पल्टिन पुगेको थियो । बस सडककोबीचमा पल्टिएपछि करिब ३ घण्टा कागबेनी-मुक्तिनाथ सडक अवरुद्ध भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ