arrow

आधा दर्जन संसदीय समितिको बैठक बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज एकै पटक आधा दर्जन संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । 

 बिहान साढे १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल सरकार (मन्त्री स्तर) बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरेल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरूको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरू) का बारेमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे हुने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भानुभक्त प्राणी उद्यानको मुआब्जा, जडीबुटी अध्ययन तथा अनुसन्धानका नीतिगत तथा कानुनी जटिलता एवं डढेलो तथा हात्ती आतङ्क नियन्त्रण सम्बन्धी समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका मन्त्री-सचिव एवं सम्बन्धित विभागका विभागीय प्रमुखहरू, अर्थ मन्त्रालयका सचिव र सम्बन्धित सरोकारवालाहरुसंग छलफल गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने अर्थ समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कार्यान्वयन सम्बन्धी छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग छलफल हुनेछ । 

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१-०८२ का सम्बन्धमा पूर्व बजेट छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषम छलफल हुनेछ भने बिहान साढे ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखा परीक्षकको संसदीय सुनुवाइ हुनेछ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ