arrow

वीरता लेडि जेसीजको कोरोना सचेतना अभियान

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख २२ बुधबार
birta-jesuis.JPG

झापा । "कोरोनाबाट आफू बचौँ र अरूलाई पनि बचाउ" भन्ने नारासहित वीरता लेड़ी जेसीजले आफ्ना विभिन्न सात वटा  कार्यक्रमहरू घोषणा गरेको छ। कोरोनाको दोस्रो लहर तीव्र रूपमा बढे सङ्गै अबको दायित्व,भूमिका र जिम्मेवारी कसरी निभाउँदै अगाडी बढ्ने, कोरोनाबाट आफू बाच्दै अरूलाई कसरी बचाउने ,सचेतना अभियान कसरी सञ्चालन गर्ने, भन्ने विषयमा अन्यलाई बैठक  मार्फत  विभिन्न निर्णयहरु गरेको छ।

कार्यक्रम अन्तरगत  एक महिने कोरोना सचेतना अभियान सञ्चालन गरिने वीरता लेडि जेसीजकि अध्यक्ष  जेसी स्वस्तिका आचार्यले जानकारी दिएकी छन्  । कार्यक्रम अन्तरगत  पर्चा ,ब्यानर, पम्प लेट,सञ्चार माध्यममा सूचना सम्प्रेषण,माइकिङ,सामाजिक सञ्जालको प्रयोग मार्फत जनचेतना फैलाउने कार्यहरू आचार्यले जनाएकी छन् ।

कार्यक्रम समन्वयका लागि  कार्यकारिणी उपाध्यक्ष युनिता दवाडीलाई संयोजक चयन गरिएको छ।  त्यसै गरी वीरता लेडी जेसीजका सदस्यहरूलाई कोरोना सङ्क्रमण भएको अवस्थामा सम्भव भएसम्म भौतिक रूपमै संस्थागत उपस्थिति जनाएर "पोसिलो आहार" लगिदिने साथै सम्भव नभएमा बिर्तामोडको शिखर बजार सङ्गको सहकार्यमा अन्नलाई डेलिभरीको सुविधा उपलब्ध गराउने निर्णय बैठकले गरेको र उक्त कार्यका लागि  शिखर बजारकी सञ्चालक तथा  उपाध्यक्ष अर्चना राउत लाई संयोजक चयन गरिएको छ।

साथै बैठकले संक्रमित जेसीज सदस्यहरुलाई औषधी ब्यबस्थापन ,लगायत अन्य स्वास्थ्य सम्बन्धी सेवाका लागी स्वास्थ्यकर्मी तथा उपाध्यक्ष दीपा शिवाकोटि लाई जिम्मेवारी दीइएको अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिएकी छ्न ।
  
यस्तै कोरोनालाई जितेर आएका ब्याक्तिहरु सङ्ग भर्चुअल  रुपमा अनुभव साट्ने,सर्वसाधारणलाई उनिहरुको  अनुभव सुनाउने र अन्य ब्यक्तिहरुको आत्मबल बढाउने उधेस्यले अनलाइन  मार्फत "जितेकाहरुको कथा"कार्यक्रम सन्चालन गर्नका लागी पत्रकार महासंघ झापासंग सहकार्य गर्ने निर्णय भएको अध्यक्ष  आचार्यले जानकारी दिएकि छ्न  ।

यसैगरि बैठकले कोरोना कहरका बेला हुने कालोबजारी,मूल्य वृद्धि ,कृत्रिम अभाव जस्ताकुरामा  निगरानी राख्न र अनुगमन बढाउन उपभोक्ता मन्च,स्थानिय तह,सरोकारवाला निकाय र  प्रहरीलाई ध्यानाकर्षण गराउने निर्णय गर्दै अनलाइन  मार्फत बिभिन्न् तालिम कार्यक्रमहरु सन्चालन गरिने भएको छ।

कोरोना कहरमा घरमा बसिरहेका बिधार्थिहरुलाई लक्षित गरि अनलाइन  मार्फत कबिता,चित्रकला,वक्तृत्व्कला,गायन प्रतियोगिताहरु  गराउने समेत निर्णय भएको महासचिव हिमा पौडेलले जानकारी दीइन।

यसैबीच,मार्च महिनाको 'जेसी अफ द मन्थ' अवार्ड कानूनी सल्लाहकार संगिता चिमरिया र अप्रिल महिनाको 'जेसी अफ ड मन्थ'अवार्ड उपाध्यक्ष अर्चना राउतलाई प्रदान गरिएको  थियो । महिनाभरि उत्कृस्ट कार्य सम्पादन गरेको आधारमा वीरता लेडी जेसीजले प्रत्येक महिना जेसीज सदस्य हरलाई अवार्ड प्रदान गर्दै आएको  छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ