arrow

विमान चढेर हुम्ला पुगेका ८ जना यात्रुमा कोरोना पुष्टि

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ वैशाख २० सोमबार
humla-corona-test.jpg

हुम्ला । हवाई मार्ग हुँदै हुम्ला सिमिकोट पुगेका ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमवार नेपालगन्ज र सुर्खेतबाट सिमिकोट पुगेका ३८ जना, सिमिकोट विमानस्थलमा कार्यरत एक जना सुरक्षाकर्मी र एक जना एयरलाइन्सका कर्मचारी गरी गरी ४० जनाको सिमिकोट विमानस्थलमा एजेन्ट किडबाट चेक गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

जसमा सिमिकोट गाउँपालिकाका १ जना महिला सहित ३ जना, खुर्पानाथ गाउँपालिकाका ४ जना पुरुष र सर्केगाड गाउँपालिकाका १ जना पुरुष गरी ८ जनालाई कोरोना एजेन्ट किडबाट चेक कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका डाक्टर टसिअङजुक लामाले बताएबका छन् ।

जिल्लामा प्रवेशमा वैशाख १५ गतेबाट कडाइ गरिएको भए पनि कोरोना एजेन्ट किडबाट चेकजाँच भने आज (सोमबार) बाट मात्र गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

आइतबार सम्म हुम्ला जिल्लामा स्थल मार्गबाट ६ सय २२ र हवाई मार्गबाट २ सय ३३ जना गरी अहिलेसम्म जिल्लामा ८ सय ५५ जना भित्रिएको भए पनि आज मात्र जहाजबाट सिमिकोट आएका ३८ जनालाई परीक्षण गरिएको हुम्ला प्रहरी प्रमुख डिएसपी हेरम्भ शर्माले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ