arrow

झापामा निषेधाज्ञा, उडाइयो नियमको धज्जी 

logo
युवराज रेग्मी,  
प्रकाशित २०७८ वैशाख २० सोमबार
180425723_1185414985251534_.jpg

गौरादह । झापा जिल्लामा लगाइएको निषेधाज्ञाको धज्जी उडाइएको छ । गौरादह नगरपालिकाले कोरोना भाइरसले निम्त्याउन सक्ने  विपत व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि पालिकाका सम्बद्ध सम्पूर्ण जिम्मेवार संस्थाका पदाधिकारी र प्रतिनिधिहरुसँग आवश्यक  छलफल तथा परामर्श गरी संघीय सरकार र जिल्ला प्रशासन कार्यालयले  जारी गरेको सुरक्षा सावधानी कार्यान्वयन  गर्न गराउन नगरको सीसीएमसी बैठक बसी निर्णयसमेत गरेको भए पनि नियमको उल्लंघन भएको छ । 

नगर तथा जिल्लाको  निर्णय र निर्देशनलाई स्थानीयले ध्यान दिएको पाइँदैन । झापामा आइतबार राति १२  बजेदेखि  निषेधाज्ञाको समय शुरु भैसकेको समयमा पनि अनावश्यक रुपमा मानिसहरु बिना मास्क निर्बाध रुपमा चोकबजारमा आवत जावत  गर्दै गरेको भेटिएको छ । 

 यस्तो परिदृश्यले नागरिकहरुले  स्थानीय सरकारको निर्देशनको पालना गर्नुको सट्टा नियमको खिल्ली उडाएको आभास पाउन सकिन्छ ।

सोमबार बिहान  गौरादह नगरपालिकाका नगर प्रमुख  उपप्रमुख, जनप्रतिनिधि, नगर स्वास्थ्य शाखाका प्रतिनिधि, बाणिज्य संघ प्रतिनिधि, बजार ब्यबस्थापन समिति प्रतिनिधि , ईलाका प्रहरी कार्यालय प्रतिनिधि , ससस्त्र प्रहरी कार्यालय बैगुन्धुराको सुरक्षा टोलि लगायतले  गौरादह बजार परिसर र डिपु चोक वरपर अनुगमन गरि अव्यवस्थित तबरलेसडक पेटिमा फलफूल  तरकारी, सागसब्जी, लत्ताकपडा तथा घरेलु प्रयोजनका सामग्री तथा खाद्यान्ह सामग्रीहरु राखी  निर्बाध रुपमा व्यापार सन्चालन गर्ने ब्यबसायीहरु लाई सुझाब तथा चेतावनी दिएको छ ।

नगरले कोरोना बिपत्तिलाई मध्यनजर गर्दै  नगरभित्रका सम्पुर्ण बजार हरुमा साप्ताहिक रुपमा लाग्ने   हाट तथा सडक पेटिमा अव्यवस्थित रुपले गरिने माथी उल्लेखित सम्पुर्ण किसिमका ब्यबसायहरु अर्को सूचना नभए सम्मका लागि बन्द गर्न सूचना नै जारी गरिसकेको छ ।

तर सूचनाको बेवास्ता गर्दै निर्वाध रुपमा केही ब्यबसायीहरुले अटेर गर्दै ब्यापार गर्ने  गरेको पाइनुका साथै  सडक पेटीमा स्थानीयले निर्माण सामग्री राखी आवत जावतमै प्रभाव पारेको  समेत पाइएको देखिन्छ ।

यस्तो समस्यालाई मध्यनजर गर्दै नागरिकहरुबाटै नगरपालिकामा जनगुनासो आए पश्चात् नगरको टोलीले सोमबार बिहान बजार क्षेत्र अनुगमन गरेको हो ।

नियमको अबहेलना गरे बैशाख २१ गते  मंगलबार बाट त्यस्ता ब्यबसायीहरुले सडक पेटीमा राखिएका सामग्रीहरु ड्युटीमा खटिएका जनपद र सशस्त्र प्रहरीको टोलीले उठाएर आवश्यक  कारबाहीका लागि प्रक्रिया अगाडि बडाउन सक्ने नगर प्रवक्ता तथा अनुगमन टोलीका सदस्य नगेन्द्र भण्डारीले जानकारी दिएका छ्न् ।

कोरोना भाइरसबाट बच्न आफैं सचेत हुनुपर्ने विषम परिस्थितिमा नागरिकहरुनै सचेत नबन्नु बिडम्बनापूर्ण रहेको गौरादह नगरका नगर प्रमुख रोहित साहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ