arrow

धुलाबारीको बिक्रेट फ्याक्ट्रीमा भीषण आगलागी, आगो नियन्त्रण बाहिर

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ वैशाख २० सोमबार
fire-final_1618024271.jpeg

झापा । झापा जिल्ला  मेचीनगर नगरपालिका   १५  ज्यामिरगढीस्थित एउटा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । निलकोठी भन्ने ठाउँमा रहेको पराजुली बायोमास ब्रिकेट कोइला फ्याक्टीमा सोमबार बिहान ३ बजेदेखि  आगलागी शुरु भएको प्रहरीले जनाएको छ । 

आगो नियन्त्रणका लागि मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल गापा, दमक र उर्लाबारीको ६ वटा दमकलसहित स्थानीय, सशस्त्र र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणको प्रयास जारी रहे पनि बिहान ८ बजेसम्म पनि आगो नियन्त्रणमा आउन नसकेको ईलाका  प्रहरी कार्यालयका प्रमुख डीएसपी सुनिल दाहालले जानकारी दिएका छ्न् ।

बिक्रेट फ्याक्ट्रीभित्र कोइला उत्पादनका लागि आवश्यक पर्ने  कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधनसमेत रहेकाले क्षतिको यकिन बिवरण आइनसकेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ