arrow

धनपति दम्पतीलाई छोरा बचाउ नै सकस, सहयोग गर्ने दैवको प्रतीक्षा

logo
दयाराम पण्डित,
प्रकाशित २०७८ वैशाख १३ सोमबार
dhanapati-dampati.jpg

बाजुरा । हिमाली गाउँपालिका वडा नं एक बिछ्या निवासी धनपति रोकायाका दम्पतीलाई यति वेला छोरा बचाउन सकस भएको छ । छन्यकला रोकाया र धनपति रोकायाका दुवै सन्तान शारीरिक अशक्त भएपछि दुइटै छोराको ज्यान बचाउन सकस भएको हो। पहिलो सन्तान जेनेस रोकाया तीन वर्ष अघि टाउकोमा ढोल (ढुङ्गा) लाग्दा गम्भीर घाइते भएका थिए । “जेनेसकी आमा छन्यकला दाउरा लिन बन जाँदा डोकोमाथि राखिएका जेनेसको टाउकोमा भीरबाट खसेको ढुङ्गो लागेको थियो ।

"घाइते जेनेसलाई तत्काल उपचार गराउन काठमाण्डौं जोरपाटी लग्यौँ । डेढ महिना सम्म आइसियुमा राखेपछि सामान्य होस त खुल्यो तर हिँड्न र बोल्न अहिले पनि सक्दैन ।” बुवा धनपतिले भने, "जेनेसको उपचारमा ११ लाख रुपैंया खर्च भयो । घरको जग्गाजमिन र पाठा बाख्रा सबै बेचेर उपचार गराए पनि छोरो अहिले पनि न त बोल्छ न हिँड्छ । तीन वर्ष भयो जेठो छोराको हालत यस्तै छ।"

धनपति दम्पतीबाट दोस्रो सन्तानका रूपमा जेबीको जन्म भयो । जेबी अहिले २० महिनाका भए । उनी पनि न त उठेर बस्न सक्छन् न त सामान्य हिड्डुल गर्न सक्छन् । उनको आमाको काख र ओछ्यान छोड्न सक्ने अवस्था छैन ।

छोरा काखमा लिँदै बालक जेबीकी आमाले भनिन् यसको टाउको ठुलो छ । खुट्टा साना छन् । खुट्टाले थेग्नै सक्दैन लडिहाल्छ । खुट्टा टेक्न र पाइलो सार्न त परै जाओस सामान्य बस्न पनि सक्दैन । बसाल्न खोज्यो टाउकोको भार थेग्न सक्दैन लडिहाल्छ आमा छन्यकलाले भनिन् ।

भएभरको सम्पत्ति पहिलो सन्तानको उपचारमा सकियो । यो दोस्रो सन्तान झन् जन्मँदै अपाङ्ग भएर आयो । कसरी उपचार गरौँ ? आफ्नो आयस्रोतले छोराहरूको उपचार गर्न सम्भव छैन । सहयोग कहिंकतैबाट जुट्दैन । दुवै छोरालाई दिनभरि बस्नुको विकल्प छैन छन्नकलाले दुखेसो गरिन् । उनले भनिन् अब त सन्तान जन्माउन पनि डरलाग्दो । यसपछि पनि यस्तै सन्तान जन्मिने हो की ! सन्तान जन्माउने रहर कत्ति छैन धनपतिले थपे ।

उमेरले २५ वर्षका कलिला धनपति दम्पतीलाई कलिलो उमेरमा पाएका सन्तान जोगाउन हारगुहार गरेका छन् । हिमाली गाउँपालिकाको बिच्छयाँ पुल र वडा कार्यालयको धनपति दम्पतीको सानो झुपडी छ । चिया बेचेर दिन गुजारा गर्छन् । बिछ्याँ जाने आउने सबैलाई धनपति दम्पतीको सन्तान पिरलो थाह भए पनि कठै बरा भन्दै फर्किन्छन् । उनलाई दिएको सान्त्वनाले छोराहरूको स्वास्थ्य उपचारका लागि राहत  पुग्दैन । उपचार खर्च बेहोर्न ती लालावालाको लागि दैव भने अहिलेसम्म भेटिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ