arrow

सिमकोट बजारमा मास्क अनिवार्य, नलगाए कारबाही

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ वैशाख १२ आइतबार
simikot.jpg

हुम्ला। पछिल्लो समय देशभर कोरोना भाइरसको सङ्क्रमण दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले मास्क अनिवार्य गरेको छ । नेपालगन्ज र सुर्खेतमा कोरोना सङ्क्रमितको बढेर केन्द्रबिन्दु बन्न थालेपछि जिल्लामा स्वास्थ्य सम्बन्धी सुरक्षा सावधानी अपनाउन थालिएको हो ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको टोलीले आइतबार सिमकोट बजारमा निस्किदा कोरोना सङ्क्रमण फैलिरहेको समयमा सर्वसाधारणमा बढ्दै गएको लापरबाहीलाई नियन्त्रण गर्न मास्क अनिवार्य गरिएको हो । हुम्लामा कुनै दिन कोरोना सङ्क्रमित देखिएको खण्डमा थप उपचारका लागी जिल्ला बाहिर नेपालगन्ज, सुर्खेत लिएको समयमा उपचारका लागी स्थान नपाउने अवस्था भएकाले सम्पूर्णले आ आफ्नो क्षेत्रमा सतर्कता अपनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

सदरमुकाम सिमकोटमा मात्र होइन सदरमुकामबाट अन्तर पालिकामा आवतजावत गर्ने सवारी साधनका चालक र यात्रुहरूले पनि अनिवार्य मास्क, स्यानिटाइजरको प्रयोग गर्न निर्देशन दिइएको छ । गाडी चालकहरूले सिट क्षमता अनुसार यात्रु बोक्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार नेपालगन्ज र सुर्खेतमा कोरोना सङ्क्रमितको केन्द्रबिन्दु बन्दै गएकाले यसको प्रत्यक्ष असर हुम्लामा पनि पर्ने भएकाले पहिलो चरणमा आम सर्वसाधारणले स्वास्थ्य सम्बन्धी सावधानी अपनाउन, मास्क, स्यानिटाइजर प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, भिडभाड कम गर्ने यदि यसको पालना कोही कसैले नगरेमा सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताएका छन् ।

जिल्ला प्रशासनको निर्देशन अनुसार सिमकोट बजारमा बजार गस्तीमा खटिएका सुरक्षाकर्मीले आइतबार पहिलो दिन सिमकोट बजारमा आवतजावत गर्ने नागरिकलाई सम्झाई मास्क नलगाएकालाई मास्क लगाउन अनिवार्य गरेको हुम्ला प्रहरी प्रमुख डिएसपी हेरम्वा शर्माले बताए । आइतबारबाट सदरमुकाम सिमकोटमा प्रहरीले मास्क अनिवार्य गरेपछि यहाँका सर्वसाधारण सिमकोट बजारमा रहेका सबैले मास्कको प्रयोग गर्न थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ