arrow

झापाका १८ जनामा सङ्क्रमण, एक महिलाको मृत्यु

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख १२ आइतबार
Jhapa-hamrakura.jpg.jpeg

झापा । झापा जिल्लामा आइतबार एकै दिन १८ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ८ महिलासहित १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

 साथै कोरोनाकै कारण एक जना ६० वर्षीया महिलाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा न ५ कि महिलाको विएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

आज आइतबार सङ्क्रमण हुने हुनेमा मेचीनगरमा ४, बिर्तामोडमा ५, भद्रपुरमा १, अर्जुनधारामा ३, गौरीगञ्जमा १ र झापा गाउँपालिकामा ४ जनामा कोरोना पुष्टि भएको हो ।

 यो सँगै झापामा मृत्यु हुनेहरूको सङ्ख्या १३१ जना पुगेको छ साथै आजसम्ममा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ हजार ८ सय ८१ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ