चीनले विदेशी सञ्चारमाध्यम नियन्त्रणका लागि निगरानी बढायो
एजेन्सी
प्रकाशित २०७८ वैशाख ४ शनिबार
746
Shares
बेइजिङ। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले विदेशी सञ्चारमाध्यम र पत्रकारहरूमाथि नियन्त्रण गर्न विशेष निगरानी प्रणाली नै बनाई प्रयोग गरिरहेको र उनीहरूलाई डर, त्रास र उत्पीडन गरी आफ्नो अधीनमा राखिरहेको एक रिपोर्टले जनाएको छ।
नेशनल रिभ्युमा जियान्ली याबबाट प्रकाशित रिपोर्टमा सीसीपीले चीनमा रिपोर्टिङ गर्ने विदेशी पत्रकारहरूको अनुगमन र ट्र्याकिंगको लामो र गहन इतिहास औँल्याइएको छ। कोरोना भाइरस फैलिएसँगै विदेशी पत्रकारहरूको ट्रयाकीङ गर्ने क्रम झनै बढाइएको उनको लेखमा उल्लेख गरिएको छ।
चीनको विदेशी संवाददाता क्लबद्वारा गरिएको सर्वेक्षणले चीनमा पत्रकारहरूको कार्यस्थलमा कुनै सुधार नभएको उल्लेख गरेको छ। सन् २०२० मा क्लबद्वारा विदेशी पत्रकारहरू, उनीहरूका चिनियाँ सहकर्मीहरू र अन्य सम्बन्धित व्यक्तिहरूको अन्तर्वार्ता गर्ने प्रयास गरेका सबैलाई दुर्व्यवहार गर्ने, धम्काउने र निष्कासन गर्ने गरेको उल्लेख गरिएको छ।