arrow

कर्णाली प्रदेशमा कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
nepali-congress-flag.jpg

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा कर्णाली कांग्रेसले मतदान गर्ने निणर्य गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले केही बेरअघि कर्णाली प्रदेशको संसदमा विश्वासको मत मागेका छन्।

मुख्यमन्त्री शाहीले विश्वासको मत मागेपछि कांग्रेसले शाहीका पक्षमा मतदान गर्ने निर्णय गरेको कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संसद बैठकमा जानकारी गराएका छन्।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरे । उनले भने, ‘मैले विश्वासको मत लिने प्रस्ताव पेश गरेको छु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ