arrow

भारतबाट चिनी मगाउने फैसलामा इमरान सरकारको यू–टर्न

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
India-pakistan.jpeg

काठमाडौं । पाकिस्तानी इमरान खान नेतृत्वको सरकारले भारतबाट लैजाने भनिएको कपास र चिनी नलैजाने बताएको छ ।  बुधबार मात्रै पाकिस्तानी आर्थिक समन्वयय समिति (इसीसी) ले भारतबाट कपास र चिनी मगाउने प्रस्तावलाई मन्जुरी दिएको थियो । तर त्यसलाई इमरान सरकारले खारेज गरिदिएको छ । इसीसीले बुधबार भारतबाट चिनी, कपास र धागो मगाउने घोषणा गरेको थियो । 

पाकिस्तानको मानवअधिकार मामिला मन्त्री शिरिन माजरीका अनुसार इमरान खानले भारतसँगको सम्बन्ध तब सामान्य हुनेछ जब धारा ३७० अनुसार जम्मू–कश्मीरलाई दिएको खास दर्जा बहाली हुन्छ । 

पाकिस्तानी वित्तमन्त्री हम्माद अजहरको अध्यक्षतामा भएको इसीसीको बैठकपछि  पत्रकार सम्मेलनमा भारतबाट आयात गर्ने सामानको घोषणा गरिएको थियो । 

उनका अनुसार भारतबाट ५ लाख टन चिनी मगाउने प्रस्ताव स्वीकृत भएको थियो । त्यस्तै कपास आयात गर्ने प्रतिबन्धलाई जृुन महिनासम्म हटाउने निर्णय पनि भएको थियो । 

भारतको चिनी अन्य देशको तुलनामा २५ देखि ३२ रुपैयाँ (नेरु) सम्म सस्तो पर्दछ । 

तर उक्त निर्णयमाथि पाकिस्तानमा राजनीति शुरु भएको छ । चिनी भारतबाट मगाउने निर्णयले पाकिस्तान सरकारले विपक्षीबाट कडा आलोचना खेप्नु पर्यो । पाकिस्तन मुस्लिम लिगले यो निर्णयले इमरान सरकारले कडा मूल्य चुकाउनु पर्ने बताएको छ । 

अन्य देशबाट चिनी मगाउँदा महंगो पर्नेछ । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ