arrow

ओली प्रचण्डको मतियार भएको सुरेन्द्र पाण्डेको स्पष्टीकरण

logo
प्रकाशित २०७७ चैत १७ मंगलबार
oli-prachanda.jpg

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले स्पष्टीकरणसहित जवाफी पत्र पठाएका छन् । मङ्गलवार प्रधानमन्त्री ओलीलाई स्पष्टीकरणको पत्र पठाउँदै ओली आफैँ प्रचण्डको मतियार भएको पाण्डेले आरोप लगाएका छन् ।

'तपाईँले मलाई आरोपको रूपमा विभिन्न प्रश्नहरू तेर्स्याउनु भएको । प्रश्नहरू हेर्दा तपाई माथि नै धेरै प्रश्नहरू सोझिएका छन् । तपाईँले मलाई ‘प्रचण्डको मतियार’ भन्ने लगाउनु भएको आरोप मलाई हास्यास्पद लाग्यो । किनकि ०७४ असोज १५ गते तपाई एक्लैले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच चुनावी तालमेल गर्ने र दुई पार्टी बिच सिटको बाँडफाँड गर्ने गोप्य सहमति गर्नु भयो । ०७५ जेष्ठ ३ गते भएको पार्टी एकताको समयमा आलोपालो अध्यक्षता र प्रधानमन्त्री आधाआधी बढ्ने प्रचण्डसँगको सहमति पनि गोप्य रूपमा तपाईँले नै गर्नु भएको थियो । अव तपाई भन्नुस् प्रचण्डको मतियार तपाई हो कि अरू कोही?' स्पष्टीकरण पत्रमा पाण्डेले भनेका छन् ।

'अझ तपाईँले मलाई ‘१९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्ने’ भन्ने झुटो आरोप समेत लगाउन तम्सिनु भयो ।' पाण्डेले ‘सरकारमा जुन शक्ति र सामर्थ्यका साथ हामी गएका थियौँ त्यसको नेतृत्व गर्न तपाईँ असफल हुनु भयो । सरकारका विधेयकहरू विवादित भए, मन्त्रीहरू विवादित भए, अनेक काण्डमा तपाईँको भूमिका अनुचित रह्यो । विदेश नीतिमा तपाईँ असफल हुनु भयो । राष्ट्रिय अखण्डता र सार्वभौमिकताका प्रश्नलाई समेत तपाईँले निजी मामिला बनाउनु भयो । सुशासनलाई तपाईँ आफैले खिल्ली उडाउनु भयो । सरकार र राज्यलाई आफ्नो गुटका हितको साधनका रूपमा दुरुपयोग गर्नु भयो । सत्ता, शक्ति र श्रोतको दुरुपयोग गर्नु भयो र त्यसलाई आफ्नो व्यक्तिगत महत्त्वाकाङ्क्षा पुरा गर्ने साधन बनाउनु भयो । विभिन्न मन्त्रालयहरूका अधीनमा रहेका संस्थाहरूलाई प्रधानमन्त्री कार्यालयका अधीनमा राखी तपाईँले दुरुपयोग गर्नु भयो र मन्त्रालयहरूलाई निकम्मा बनाउनु भयो । यस्ता अनेक कार्य र सरकारको असफलतापछि संसद विघटनजस्तो असंवैधानिक कदम चाल्नु भयो । यी सबैको भारी यो पार्टी र आन्दोलनलाई त बोकाउनु नै भयो तर त्यतिले नपुगेर अझै पार्टी विभाजन गर्न खोज्दैहनुुहुन्छ भन्ने कुरा रहस्यमय देखिन्छ । ’ स्पष्टीकरण पत्रमा लेखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ