arrow

'‘प्रचण्ड’ भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १७ मंगलबार
KP_oli11.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल आफूले भनेको नमान्दा सडकमा पुगेको बताएका छन् । 

मङ्गलवार राष्ट्रिय सभागृहमा आयोजित रिपोटर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले दुवै नेतालाई पार्टीको महाधिवेशनबाट नयाँ अध्यक्ष चुन्न चैतमा महाधिवेशनको प्रस्ताव गरेको तर उनीहरूले नमानेका कारण अवस्था फरक बनेको बताए । 

‘चैतमा महाधिवेशन गरौं भनेकै थिएँ, म अध्यक्ष छाड्छु भनेर भनेकै थिए’, मानेनन्, केही व्यक्तिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने । 

ओलीले प्रचण्डलाई नेकपा विघटनका विरुद्ध अदालत गएको विषयमानसमेत व्यङ्ग्यात्मक प्रश्न गर्दै भने, ‘अदालते नमागेको न्याय दियो भन्नु भएछ , तपाईँले नमागेको होला, ऋषि कट्टेलले त मागेका थिए नि त, अर्काको नाममा पार्टी दर्ता गरेर ह्याकुलाले मिच्न खोज्ने ?’
उनले प्रचण्डलाई मिच्ने र कब्जा गर्ने दिन अब गएको भन्दै अब त्यस्तो नचल्ने बताए । 

‘अब ती दिन गए, तपाईँका हतियार, लडाकुसँग डराउने समय थियो, तर म नडराई बोल्थे, ललकार्थे, तपाईँका कथित सेना पनि छैनन्, हतियार पनि छैन, ती दिन गए अब ।’

प्रधानमन्त्री ओलीले सो कार्यक्रमबाटै आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने घोषणासमेत गरे । सो निर्णयबाट पनि कतिलाई निन्द्रा नलाग्ने प्रधानमन्त्रीले व्यङ्ग गरे । 

‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ, यो सुन्दा मान्छेहरूलाई छटपटी शुरु होला, कसैलाई आपत्ति लाग्छ भने पनि लागोस्, कसैलाई निद्रा लाग्दैन भने पनि नलागोस् ।’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ