arrow

त्रिदेशीय कप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
tri-nation-series.jpg

काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको उपाधिका लागि नेपालले सोमबार बंगलादेशसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुँदैछ । 

यसअघि लिग चरणको खेलमा नेपाल र बंगलादेशबीच गोलरहित बराबरी भएको थियो । नेपाल र बंगलादेशबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । ४ खेल बराबरीमा सकिएको छ ।

सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । 

उपाधि भिडन्तमा भने नेपाल तेस्रो पटक बंगलादेशसँग भिड्दै छ । सागमै नेपालले एक खेल जित्दा एक खेल हारेको छ । 

यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

गत कार्तिकमा बंगलादेशमा भएको दुई मैत्रिपूर्ण खेलको पहिलो खेलमा नेपाल पराजित हुँदा दोस्रो खेल बराबरीमा सकिएको थियो । पछिल्ला आधा दर्जन भेटमा नेपाल १ खेलमा विजयी हुँदा २ खेल हारेको छ । ३ खेल बराबरीमा सकिएका छन् । 

नेपालले पछिल्ला ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन । त्यो खडेरी पुर्नका लागि पनि यो खेल महत्वपूर्ण छ । 

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका थिए । 

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । बंगलादेशले कीर्गिस्तानलाई १–० गोल अन्तरले हराएको थियो भने नेपालसँग गोलरहित बराबरी खेलेको थियो । 

नेपालले कीर्गिस्तानको यु–२३ टिमसँग पनि गोलरहित बराबरी नै खेलेको थियो । 

विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ