arrow

धुलीखेलमा खुल्यो ४० करोडको लगानीमा सुविधा सम्पन्न रिसोर्ट

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
himalaya_drisya1.jpg

धुलीखेल । कोरोना भाइरस संक्रमणका कारण पर्यटकहरुको चहलपहल सुस्ताएको बेला काभ्रेको धुलीखेलमा करिब ४० करोडको लगानीमा सुविधा सम्पन्न होटल तथा रिसोर्ट संचालनमा आएको छ ।

१८ रोपनी क्षेत्रफलमा फैलिएको ‘हिमालय दृश्य रिसोर्ट’ निर्माणमा करिब ४० करोड रुपैयाँमा खर्च भइसकेको छ । संचालकहरुले सेवा सुविधालाई थप विस्तार गर्दै लैजाने जनाएका छन् । नेपाली कांग्रेसका सांसद एवं व्यवसायी उमेश श्रेष्ठ, पर्यटन व्यवसायीहरू क्षेत्रबहादुर थापा (सिबी), श्यामकाजी महत र अशोक श्रेष्ठको संयुक्त लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।

कोरोना कहरबाट थला परेको पर्यटन बजारलाई केही हदसम्म भएपनि सघाउ पुर्‍याउने उद्देश्यले रिसोर्टलाई सञ्चालनमा ल्याएको सञ्चालक सिबी थापाले बताए । कोरोना संक्रमण फेरि बढ्न थालेपछि निराश भएको उनले बताए।

रिसोर्टमा ४१ वटा माउण्टेन भ्यू रुम र २ स्वीट्स रुम छन्। रिसोर्टमा रहेका सबै कोठाबाट सुर्योदय हेर्न सकिने छ भने गणेश, लाङटाङ, गौरीशंकर लगाएतका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।

स्तरीय स्वीमिङ पुल, सावना वा स्ट्रिम बाथ र रिसोर्टसम्म ‘पिकअप र ड्रप’ को सुविधा उपलब्ध छन् । कार्यक्रम तथा सेमिनारका लागि ‘साउण्ड पुफ्र’ हलको व्यवस्था छ। उक्त हलमा तीन सयदेखि तीन ३ सय ५० जनासम्म अटाउँछन् ।

एकैदिनमा एक सय ५० भन्दा बढी पर्यकटलाई सेवा दिन क्षमता साथै माउन्टेन भ्यू रुममा एक रात बिताउँदा पाँचदेखि छ हजार रुपैयाँसम्म लाग्ने सञ्चालक सिबी थापाले बताए ।

रिसोर्ट व्यवस्थापनले विभिन्न टुर प्याकेजको पनि तयारी थालेको छ । मन्दिर दर्शन, हाइकिङ, साइकलिङ, भोटेकोशीमा र्‍याफ्टिङ लगायतका प्याकेज बनाउने तयारी भइरहेको सञ्चालक थापाले बताए । रिसोर्टमा अर्गानिक कृषि फार्म, बालबालिकाका लागि मनोरञ्जनात्मक पार्कको निर्माण पनि भइरहेको छ।

स्थानीय युवालाई प्रोत्साहन गर्दै रिसोर्टमा धुलिखेल वरपरकै ४० जना कर्मचारी कार्यरत छन् । तर स्थानीय निकायले पर्यटन प्रवद्र्धनमा खासै ध्यान नदिएको अर्का सञ्चालक श्यामकजी महत बताउछन् ।

करोडौंको लगानी गरेर पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउनका लागि रिसोर्ट सञ्चालन गरिए पनि स्थानीय निकयाले सामान्य कुराहरूमा समेत सहयोग नगरेको उनले गुनासो गरे ।

काठमाडौंबाट करिब ३१ किलोमिटरको दुरीमा रहेको धुलिखेलमा रहेको हिमालय होराइजनबाट करिब ५ सय मिटर उकालो चढेपछि हिमालय दृश्य रिसोर्टमा पुग्न सकिन्छ ।

 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ