arrow

छोराछोरीहरुको सामुन्ने आमालाई बलात्कार गर्ने दुई जनालाई मृत्युदण्ड

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
rape-rally.jpg

काठमाडौं । पाकिस्तानको एक अदालतले बलात्कारमा दोषी पाइएका दुई जनालाई मृत्युदण्डको सजायँ सुनाएको छ । लाहोरको पूर्वी शहरस्थित विशेष अदालतले अबिद मेहली र शफ्कात अलीलाई मृत्युदण्ड दिने सजायँ सुनाएको हो । 

उनीहरुले एक फ्रेन्च मुलकी पाकिस्तानी महिलालाई बलात्कार गरेका थिए । रातको समयमा पेट्रोलको खाजीमा निस्किएकी ती महिलालाई उनीहरुले उनकै दुई बच्चाको सामुन्ने बलात्कार गरी लुटपाटसमेत गरेका थिए ।

पछि पुलिसले पनि ती महिला यति राति किन बाहिर निस्केको भन्दै सोधेको थियो । 

सन् २०२० को डिसेम्बर ९ मा भएको घटनालाई लिएर पाकिस्तानमा चर्को विरोध भएको थियो । प्रदर्शनमा उत्रिएकाहरुले पीडितलाई न्याय र मुलुकमा महिला सुरक्षाको माग गरेका थिए । पाकिस्तानमा गत डिसेम्बर महिनामा मात्र बलात्कार विरुद्धको नयाँ कानून पास भएको थियो । 

मृत्युदण्ड पाएका युवाहरुले फैसला विरुद्ध अपिल गर्न सक्ने बताएको एएफपीलाई उधृत गर्दै बीबीसीले लेखेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ