arrow

'ओलीको उद्दण्डताबाट मुलुकलाई निकास दिन सर्वदलीय सरकार'

logo
जीवन शर्मा,
प्रकाशित २०७७ चैत १ आइतबार
KP-OLi.jpg

ओखलढुङ्गा ।  प्रधानमन्त्री केपी शर्मा ओलीको उद्दण्डताबाट मुलुकलाई निकास दिन काँग्रेसको नेतृत्वमा सर्वदलीय सरकार बनाउनु पर्ने नेपाली काँग्रेसका केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदाम्वेले बताएका छन् ।

 नेपाल प्रेस युनियन ओखलढुङ्गाले आयोजना गरेको पत्रकार सम्मेलनमा आङदाम्वेले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी बिचको सहकार्यमा सरकार बनाउनु पर्ने बताएका हुन् ।
 
कम्युनिस्ट शासन भएका केही मुलुकहरूको कपी गरेर ओलीले एक दलीय तानाशाह तिर मुलुकलाई उन्मुख गराएको भन्दै लोकतान्त्रिक मूल्य मान्यता नै सखाप पार्न खोजेको आरोप लगाए ।

नेपाली काँग्रेसले परिकल्पना गरेको संविधानसभा मार्फत संविधान निर्माण गर्ने, स्वतन्त्र न्यायालय बनाउने, संवैधानिक आयोगहरू निर्माण गरेर मुलुकको शान्ति समृद्धि र सुशासन कायम गराउँदै जनताका अधिकारहरू सुनिश्चित गर्ने कार्यलाई ओली सरकारले सिद्ध्याउन खोजेको उनको भनाइ छ ।
 
ओलीले आफ्नै पार्टी भित्र कोप भाजन गरेर कुरा नमिल्ने साथीहरूलाई हटाउने काम गरेको बताउँदै संविधानसभा सदस्य समेत रहेका आङदाम्वेले संविधानमै नभएको कदम चालेर संसद विघटन जस्तो अक्षम्य काम कम्युनिस्ट सरकारले गरेको आरोप लगाए । जनताले दिएको बहुमतको अपमान गर्दै नेपालको कम्युनिस्ट पार्टी सरकारी र गैर सरकारी दुई भागमा विभक्त भएर सदन देखि सडक सम्म नाटक मञ्चन गर्दै हिँडेको उनको भनाइ छ ।

वर्तमान प्रधानमन्त्री केपी ओलीले सरकार टिकाउन देशको संविधान र कानुनलाई समेत संशोधन गर्ने गरी जसपासंग मिल्ने प्रयत्न गरिरहेको जानकारी गराउँदै नेता आङदाम्वेले देशको सङ्कट समाधानका लागि माओवादी र जसपा समेतको समीकरणमा काँग्रेसले सरकार बनाउने कुरामा पार्टीभित्र समेत सहमति भैसकेको बताए ।

फरक प्रसङ्गमा काँग्रेसको १४ औ महाधिवेशन संवैधानिक र पार्टीको वैधानिक हिसाबले भदौ भन्दा पछि लैजान नमिल्ने हुँदा कुनै पनि हालतमा भदौ भित्र चौधौँ महाधिवेशन भएरै छाड्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ