arrow

नेपालको संसद् पुन:स्थापना अन्तर्राष्ट्रिय मिडियाहरूमा 

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
newspaper.jpeg

काठमाडौं । सर्वोच्च अदालतले मङ्गलवार (हिजो) प्रतिनिधि सभा पुन:स्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ । नेपालको नयाँ राजनीतिक अवस्थाका लागि एक स्मरणीय दिनका रूपमा सर्वोच्च अदालतको फैसलाले विश्वभरका सञ्चारमाध्यममा समेत प्रमुख स्थान पाएको छ ।

अमेरिकी चर्चित पत्रिका न्युर्योक टाइम्स, वासिंगटन पोष्ट एवं युएसन्युजलगायतले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्न दिएको आदेशलाई प्राथमिकताका साथ छापेका छन् ।

त्यस्तै मध्यपूर्वको चर्चित मिडिया अलजजिरा, पाकिस्तानी र विभिन्न भारतीय मिडियाहरूले सर्वोच्च अदालतले गरेको फैसलालाई छापेका छन् । त्यसै गरी चीनको सिन्हवानेटले पनि उक्त समाचार छापेको छ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । संसद् विघटनसँगै देशमा राजनीतिक सङ्कट चुलिएको थियो ।

विभिन्न शक्ति राष्ट्रहरूको चासोको केन्द्रका रूपमा रहेका कारण नेपालका राजनीतिक घटनाक्रमहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा स्थान ओगटेको देखिन्छ । चीन र भारतबिचको एक रणनीतिक साझेदारका रूपमा पनि नेपाललाई हेरिने गरिन्छ ।

प्रधानमन्त्री ओलीको संविधान विरोधी कदमलाई सर्वोच्चले उल्ट्याइदिँदा अन्तर्राष्ट्रिय स्तरमै नेपालको न्याय व्यवस्था बरे सकारात्मक सन्देश प्रवाह भएको छ । यसै कारण पनि विश्वभरका विभिन्न सञ्चार माध्यमले यो समाचारलाई प्रकाशित गरेका छन् । त्यति बेला संसद् विघटन हुँदाको समाचारले पनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तानेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ