arrow

संसद् बैठक २४ गते भित्र बोलाउन परमादेश

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
Supreme-Court-judges.jpg

काठमाडौँ ।  सर्वोच्च अदालतले संसद् विघटनको विषयमा फैसला सुनाउँदै बदर गरेको छ । सरकारको निर्णय बदरसँगै सर्वोच्च अदालतले संसद् संसद् पुनर्स्थापना गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो । अदालतले १३ दिन भित्र संसद्को अधिवेशन आह्वान गर्न परमादेश समेत गरेको छ । यो निर्णयसँगै बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।

अहिले सर्वोच्च अदालत परिसरमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ लगायत देशका ठुला सहर तथा संवेदनशील क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ